• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

राष्ट्रिय नाचरघरमा असोज ११ गते “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड भब्यताका साथ हुदै

  •    हेल्लो टिभी नेपाल  /९ आश्विन २०८०, मंगलवार १५:०४ ,  प्रकाशीत
  • काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितीको आयोजनामा “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” साँस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमल, काठमाडौंमा यही असौज ११ गतेका दिन सम्पन्न हुँदै छ । “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” को अन्तिम संघारमा पत्रकार सम्मेलनको आयोजना गरी बिबिध बिषयमा जानकारी गराईको छ । अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित यस अवार्डको आयोजना गर्न लागिएको हो । राष्ट्रिय लोक दोहोरी अवाडलार्ई लोक दोहोरी कलाकारहरुले पर्वको रुपमा लिने गर्दछन् ।

     

    बि।सं। २०६२ सालमा स्थापना भएको यस संस्थाले बि।सं। २०६९ सालमा शिब हमाल अध्यक्ष भए लगत्तै “पुजा लोक दोहोरी अवार्ड” सुरु गरेको थियो । बिगतमा कोरोनाको महामारीले केही बर्ष कार्यक्रम सम्पन्न गर्न नसकेतापनि अन्य कार्यक्रम सहित लोक दोहोरी अवार्डले पनि निरन्तरता पाईरहेको छ । “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” बिभिन्न २४ वटा बिधामा बितरण गर्न लागिएको छ भने लाईफटाईम अचिप्मेन्ट अवार्ड कृष्ण सुधा ढुंगाना, उपत्यका समन्वय बिशिष्ट सम्मान ९बेबारिसे लास ब्यवस्थापन कि सदस्य० सपना रोका, संस्थागत सम्मान पुरुषोत्तम न्यौपाने, लोक दोहोरी अवार्ड बिशेष सम्मान शिब हमाल, दशकका श्रष्टा सम्मान एक नारायण भण्डारी, सदाबहार लोक गीत सम्मान बाबरी फुलको बोट ९पाण्डब सुनुवार०, लोक पत्रकारिता पुरस्कार राजकुमार रायमाझी, दोहोरी साँझ कलाकार सम्मान कृष्ण आँशु आदीलाई प्रदान गरिने कुरा पत्रकार सम्मेलनमा घोषणा गरिएको थियो ।

     

    पत्रकार सम्मेलनमा उपत्यका समन्वय समितीका अध्यक्ष अर्जुन थापा मगरको अध्यक्षता रहेको थियो भने प्रतिष्ठानका पुर्व अध्यक्ष दुर्गा रायमाझी, प्रतिष्ठानका पुर्व अध्यक्ष चन्द्र शर्मा, प्रतिष्ठानका सल्लाहकार पृथ्बी थकाली, प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष अमृत अधिकारी, प्रतिष्ठानका केन्द्रिय सचिव पिएन सापकोटा, प्रतिष्ठानका केन्द्रिय सह सचिव राज कुमार रायमाझी, प्रतिष्ठानका केन्द्रिय सदस्य सुजन लम्साल लगायत कलाकार र पत्रकारहरुको उपस्थिती रहेको थियो ।

     

    “आठौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०८०” लाई सभ्य तथा भब्य रुपमा सफल पारिदिन आयोजक कमिटीका अध्यक्ष अर्जुन थापा मगरले अनुरोध गर्दै अग्रज कलाकार र पत्रकारलाई प्रतिस्पर्धा नगराएर सिधै सम्मान गर्न लागिएको कुरा पनि जानकारी गराए । पत्रकार सम्मेलनको कार्यक्रम सञ्चलान उपत्यका समन्वय समितीका सचिव रमेश बाबु थापाले गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    ताजा अपडेट
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ‘माणिक लामा जीवन यात्रा’ स्मृतिग्रन्थ लोकार्पण
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.