• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गोकुलेश्वर झरना पदयात्रा भब्यताको साथ सम्पन्न

  •    हेल्लो टिभी नेपाल  /७ भाद्र २०८१, शुक्रबार १९:३९ ,  प्रकाशीत
  • नुवाकोट ९थानापति०, भदौ १ गते । शिवपुरी(८, थानापति, नुवाकोटमा रहेको गोकुलेश्वर झरना पदयात्राको आज एक कार्यक्रमकाबीच शुभारम्भ गरियो ।
    प्रेस काउन्सिल नेपालका अध्यक्ष तथा पर्यावरण अभियन्ता बालकृष्ण बस्नेतको प्रमुख आतिथ्यमा उक्त गोकुलेश्वर झरना पदयात्राको शुभारम्भ भएको हो । गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिका संयोजक इन्द्रराज सेढाईको अध्यक्षतामा भएको पदयात्रा शुभारम्भ कार्यक्रममा राष्ट्र्यि समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, शिवपुरी(८ का वडाअध्यक्ष केशव रिजाल, प्रेस काउन्सिल नेपालका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुषाल लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।


    पदयात्रा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष बस्नेतले प्राकृतिक सौन्दर्य, पर्यावरणको संरक्षण र धार्मिक महत्वको कारणले पनि यस झरनाले आन्तरिक तथा बाह्य पर्यटक तान्नमा मद्दत गर्ने कुरा बताउनुभयो ।
    आपूm पर्यावरणको संरक्षण र प्राकृतिक सम्पदाको विकासमा लागेकाले स्थानीय आय आर्जनसँग जोडेर गरिने यस्ता प्राकृतिक तथा धार्मिक सम्पदाको संरक्षण र विकासमा सधैं सहयोग गर्ने कुरा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले बताउनुभयो । उहाँले सडक मार्गको पहुँचबाट नजिकै रहेकोले पनि यस झरनामा आन्तरिक तथा बाह्य पर्यटकको आगमन धेरै हुने कुरा बताउनुभयो ।
    मूलसडकबाट झरनासम्म जाने पदमार्गलाई व्यवस्थित सहज बनाउने, नुहाउने कुण्डको व्यवस्था र स्थानीय उत्पादनमा जोडदिँदै खाजा तथा खाना खाने होटेल तथा पसलको स्थापना गर्नसके सबैखाले पर्यटकहरूको आवागमन बढ्ने कुरा निश्चित रहेको राष्ट्रिय समाचार समिति ९रासस० का महाप्रबन्धक सिद्धराज राईले बताउनुभयो ।
    शिवपुरी(८ का वडा अध्यक्ष केशव रिजालले स्थानीय जनसमुदायको उत्साह र अग्रसरमा हुने हरेक विकास निर्माण र सामाजिक कार्यहरूमा वडाको साथ र सहयोग रहने बताउनुभयो ।
    प्राकृतिक सौन्दर्य र धार्मिक तथा पौराणिक किम्बदन्तिसमेत जोडिएकोले यो झरना आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षणको केन्द बन्नसक्ने गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिका संयोजक इन्द्रराज सेढाईले बताउनुभयो ।
    काठमाडौंको सामाकोशीबाट करिब २० किलोमिटर जतिको दुरीमा नुवाकोटको काफलडाँडा, शीतलपाटी नजिकै रहेको गोकुलेश्वर झरनासम्म जानको लागि स्थानीयहरूको पहलमा पदमार्ग निर्माण, झरनाको व्यवस्थापन र शिवमन्दिर स्थापना गरेसँगै सर्वसाधारणको आवागमन तथा चहलपहल सुरु भइसकेको गोकुलेश्वर झरना पर्यावरण संरक्षण समितिका सदस्य बिनोद पाण्डेले बताउनुभयो ।


    नुवाकोटको शिवपुरी(८, थानापति, काफलडाँडा, शीतलपाटी नजिकै रहेको गोकुलेश्वर झरना प्राकृतिक र पौराणिक रूपले प्रशिद्ध रहेको छ । ऐतिहासिक किम्बदन्ति अनुसार यसको धार्मिक महत्व अझ बढी रहेको पाइन्छ । यसको हामी सबै मिलेर प्रचार(प्रसार गर्नु आवश्यक देखिन्छ ।
    परापूर्वकालमा यो ठाउँ जङ्गलले ढाकिएको भिरपाखो थियो रे १त्यस बखत यस ठाउँको वरपर सालधूप, गोकुलधूप खुब पाइन्थ्यो रे १ शिवजीलाई मन पर्ने भएकोले शिवगणहरू कैलाशदेखि बेलाबेलामा यहाँ गोकुलधूप लिन आउँथे रे १ एकपटक धूप लिन आएको बेला उनीहरूलाई पानीको ज्यादै प्यास लागे छ । प्यासले इन्तुनचिन्तु भएपछि सबै मिलेर शिवजीको प्रार्थना गरेछन् । आफ्ना गणको प्रार्थना सुनेर शिवजी तत्काल आई पहरोभन्दा केही माथि भित्तोमा गई आफ्नो त्रिशूलले भित्तो फोरी पानी निकालेर शिवगणलाई ख्वाएको भनाइ छ ।

    शिवजी अन्तध्र्यान हुनुभएपछि फेरि फेरि आउँदा पनि पानी नसुकोस भनी उनै शिवगणले गोकुलेश्वर महादेवको स्थापना गरी गएको भनिन्छ । कालन्तरमा बाढी, पैरो, जङ्गलले ढाक्दै गएर त्यसको अस्तित्व लोप भएको हो भन्ने बुढापाकाहरूको भनाइ रहेको पाइन्छ । आज पनि त्यस वरपर गोकुलधूपका बिरुवाहरू पाइन्छन् । जसको कारण यो छाँगाको नाम गोकुलेश्वर झरना रहनगएको हो, भनिन्छ ।
    त्यस्तै अर्को किम्बतन्ति अनुसार गोकुलवासी भगवान् श्रीकृष्णले त्यस झरनामा आई नुहाएको र तत्पश्चात् त्यस वरपर गोकुलधूपहरू उम्रेकोले कालान्तरमा त्यसको नाम गोकुलेश्वर झरना रहनगएको भन्ने भनाइ पनि छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.