प्रेम सापकोटा सोनु र जुना श्रीषको आवाजमा मौलिक पन्चेबाजा गीत दमेक माथि गाजा सार्बजनिक
तपाईको प्रतिक्रिया





संसारमै सुन्दर मध्यको देश नेपाल,यहि देश नेपालको नक्सासंग मिल्दो जुल्दो जिल्ला बाग्लुङ अनि बाग्लुङ भित्र पनि मिल्दोजुल्दो साविकको दमेक गाविस भएकोले यस गितमा”सानो नेपाल बाग्लुङ,सानो बाग्लुङ दमेक भनिएको हो”। पन्चेबाजामा आधारित, दमेक माथि गाजा बोल रहेको उक्त गीत सुक्रबार सार्बजनिक भएको हो । प्रेम सापकोटा सोनु को लय, सब्द, स्वर तथा अभिनय रहेको उक्त गीतमा प्रेम लाइ गायनमा जुन श्रीष र अभिनयमा ललिता छन्त्याल ले साथ दिनु भयको छ । बाग्लुंगको दमेक सेरोफेरोमा रहेर छायांकन भएको उक्त गीतको निर्देसन स्मृति तिमिल्सिना गुरुआमाले गर्नु भयको हो । भिडियोको छायांकन सुरेश श्रेष्ठ ले गर्नु भएको हो भने सम्पादन प्रकाश धमलाको रहेको छ । भिडियो हेरेर प्रतिक्रिया दिन नभुल्नु होला ।