• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मलाई बिवाहको लागि राम्रो सस्कारी श्रीमान चाहियो । मिना ढकाल

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार २१:०२ ,  प्रकाशीत
  • मीना ढकाल, उनको उमेर सायद ४५ को हाराहारीको हुँदो हो। तर उनको चुरीफुरी १६ वर्षे युवतीको भन्दा कम छैन। रमाइलो गर्ने उमेरले होइन, मनले हो, चाहनाले हो, रहरले हो भन्ने गतिलो उदाहरण हुन् उनी। सामाजिक सञ्जाल टिकटकमा उनका १२ हजारभन्दा बढी फलोअर छन् भने उनले बनाएका प्रत्येक भिडिओहरू १५ हजारभन्दा बढीले लाइक गर्ने गरेका छन्।

    युवा पुस्तामाझ निकै लोकप्रिय रहेको सामाजिक सञ्जाल टिकटकमा उनका ती भिडिओहरू हेर्दा लाग्छ, उनी भर्खर जवान भएकी छन्, उनको लाउँलाउँ खाउँखाउँको उमेर भर्खरै आएको छ र बल्ल रमाइलो गर्दै जिन्दगीको मज्जा लिइरहेकी छिन्। उनी अहिले सेलिब्रेटी भएकी छिन्। युट्युब च्यानलहरूमा उनका प्रशस्त भिडियोहरू, अन्तर्वाताहरू हेर्न पाइन्छ।

    उनी चर्चित भने आफ्ना पतिसँगको २२ वर्षे लामो वैवाहिक सम्बन्धविच्छेद गरेपछि बनिन्। यस अर्थमा उनी २२ वर्षसम्म गुमनाम बसिन्। उनकै शब्दमा भन्दा सम्बन्धविच्छेद भएको दिन उनका लागि स्वतन्त्रता दिवस हो। उनी हुन् चर्चित हास्य कलाकार मनोज गजुरेलकी पूर्वपत्नी। उनको श्रीमानसँग सम्बन्धविच्छेद भएको वर्षदिन भन्दा बढी भइसकेको छ।

    सम्बन्धविच्छेद हुनुको कारण उनका अनुसार गजुरेलले उनलाई ‘स्वतन्त्रता’ नदिनु नै मुख्य हो। खान, लाउन, हिँड्न, रमाइलो गर्न श्रीमानलाई खुसी बनाएर मात्र गर्नुपर्ने भएकाले आजित भएर बुढेसकालमा यस्तो नमिठो निर्णय लिएको उनले अन्तर्वाताहरूमा सुनाएकी छिन्। २२ वर्षसम्म आफ्ना रहरहरू दबाएर श्रीमानको खुसीमा खुसी हुने प्रयत्न गरेकी उनी श्रीमानबाट अलग भएपछि झनै खुसी छन्।

    श्रीमानसँग छुट्टिने भनी गरेको निर्णयमा आजसम्म कुनै पश्चाताप छैन उनलाई। मिना ढकालको प्रसंग जोडेर भन्न खोजेको यति मात्र हो, महिला होस्, पुरुष होस्, विवाहित होस् वा अविवाहित, १६, २०, २५ वा ४५ वर्षको होस् वा ७५ वर्षको,आजको युगमा सबैका लागि स्वतन्त्रता अति नै आवश्यक छ। कसैलाई कसैको बन्धनमा परेर बाँच्न किमार्थ राम्रो लाग्दैन।

    आफ्नो वरिपरिको वातावरण, परिवेश अनुसारको स्वतन्त्रता सबैका लागि बराबरी मात्रामा हुनुपर्छ मिना ढकालका लागि, मेरा लागि अनि तपाईंका लागि। सायद मिना ढकालले त्यही स्वतन्त्रताको लागि यो उमेरमा आएर छोराछोरी ठूला भइसकेपछि पनि यस्तो अप्रिय निर्णय लिनुपर्यो। सेतो पाटि डटकम बाट ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.