बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
"केदारनाथ हाइटमा केदारनाथ संगम समाज विकास संस्थाले सरसफाइ कार्यक्रम "
तपाईको प्रतिक्रिया





काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित केदारनाथ हाइटमा केदारनाथ संगम समाज विकास संस्थाले सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।
नजिकिँदै गरेको नेपालीहरूको महान् चाड बडादशैंलाई मध्यनजर गर्दै आफ्नो टोल तथा समाजलाई स्वच्छ, सफा र सुन्दर बनाउने उद्देश्यले सरसफाइ कार्यक्रम आयोजना गरिएको हो।
केदारनाथ संगम समाज विकास संस्थाका अध्यक्ष नरेश कार्कीका अनुसार टोल तथा समाजलाई सफा राख्न सबै स्थानीयवासीको सक्रिय सहभागिता आवश्यक छ। आफ्नो घर, आँगन र वरपरको वातावरण सफा राख्न सके समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँले बताउनुभयो।
संस्थामा हाल ७५ घरधुरी सदस्य आबद्ध रहेका छन्। संस्थाले टोलको विकास, सरसफाइ तथा सामाजिक गतिविधिमा स्थानीयवासीलाई सहभागी गराउँदै आएको छ।
चाडपर्वको समयमा टोल तथा सार्वजनिक स्थानको सरसफाइमा विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै संस्थाले स्वच्छ, स्वस्थ र सभ्य समाज निर्माणका लागि सबैलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आग्रह गरेको छ।