• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नदीजन्य पदार्थ उत्खनन रोक्न सरकारले सुरक्षाकर्मी परिचालन गरेपछी सर्बत्र बिरोद

  •    हेल्लो टिभी नेपाल  /४ असार २०७७, बिहीबार १२:५७ ,  प्रकाशीत
  • राँझा, ४ असार – जिल्ला प्रशासन कार्यालयले जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन रोक्न सक्रियता देखाएको छ । राप्तीसोनारी र डुडुवा गाउँपालिकाका विभिन्न खोला तथा नदीबाट अवैधरुपमा ती पदार्थको उत्खनन भएको पाइएपछि त्यसलाई रोक्न सुरक्षाकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

    उहाँका अनुसार राप्ती नदीबाट अवैधरूपमा बालुवा उत्खनन गरी आउँदै गरेका छ ट्र्याक्टरसहित नौ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ । विगतमा जरिवान तिराएर छाड्ने गरिएकामा पुनः उत्खनन कार्यमा प्रयोग भएको पाइएकाले अब मुद्दा चलाएर कारवाही गर्ने प्रक्रिया अघि बढाइएको छ ।

    सो कार्यमा संलग्नलाई निरुत्साहित गर्न मुद्दा चलाउन थालिएको उहाँले बताउनु भयो । ती दुई गाउँपालिका अन्तर्गत रहेको राप्ती नदीलगायत दर्जनाँै स्थानबाट डोजर प्रयोग गरी ती पदार्थको दैनिकरूपमा उत्खनन हुँदै आएको छ ।

    बन्दाबन्दीमा समेत उत्खननसम्बन्धी व्यापक गुनासो आएपछि नियन्त्रण गर्न प्रशासनले चासो देखाएको हो । बन्दाबन्दीको समयमा समेत दिनरात नदीजन्य पदार्थको अवैधरूपमा उत्खनन गरेको पाइएपछि नियन्त्रणका लागि प्रशासनमा खबर गरिएको डुडुवा गाउँपालिका वडा नं ५ का वडाध्यक्ष परशुराम बुढाथोकीले बताउनुभयो ।

    सो गाउँपालिकासँगै जोडिएको छिमेकी राप्तीसोनारी गाउँपालिकाको वडा नं ३ खैरेनी र साइपुर नाका, वडा नं ४ को लालपुर, वडा नं ५ को आलिनगर र ललै नाकाबाट नदीजन्य पदार्थको अवैधरूपमा निकासी हुने गरेको छ ।९रासस०

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.