सिन्धुलीको आश्रममै छन् भन्ने सूचना पाएपछि तपश्वी रामबहादुर बमजनको आश्रममा प्रहरीले फेरि गर्यो निगरानी
तपाईको प्रतिक्रिया





काठमाडौं, असार ४(रामबहादुर बमजनको आश्रममा प्रहरीले फेरी छापा मारेको छ । उनी माथि बलात्कार, हत्या र मानिस बेपत्ता पारको आरोप लागेको छ ।यसपालि भने उनी आश्रममै छन् भन्ने सूचना पाएपछि सिआइबी टोली गएपनि उनी आश्रममा नभेटिएको बताइएको छ । यसअघि माघ ४ गते पनि प्रहरीले छापा मारेको थियो। तर उनी भेटिएका थिएनन्।
बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप लागेको छ।अहिले भने बमजन त्यहीँ छन् भन्ने सूचनाका आधारमा सिआइबीको टोली आश्रम पुगेको हो। तर नभेटिएको बताइएको छ ।
प्रहरीले बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट अनुमति मागेको थियो। त्योबेला पनि सर्लाही आश्रममा छापा मार्दा बमजन भेटिएका थिएनन्।