• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

हर हर महादेव – कैलश पर्वतमा साक्षात भगवान शिव देख्नुभयो भने एक सेयर गरेर दर्शन गर्नुहोस्

  •    हेल्लो टिभी नेपाल  /६ असार २०७७, शनिबार ०६:५७ ,  प्रकाशीत
  • काठमाण्डौ। शिव भगवान भन्नसाथ कम्मरमा बाघको छा’ला बाँधेका, एक हातमा डमरु र अर्कोमा त्रि’सुल बोकेका, सर्पको माला लगाएका, तीन नेत्र भएका, ज’टाधारी आकृतिको याद आउँछ। भगवान शिवलाई संहारको देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। उनलाई अन्य देवहरू भन्दा भिन्न मानिएको छधर्मशास्त्रमा उल्लेख गरीए अनुसार शिवजीको जटालाई वायुमण्डल, त्यसमा सिउरिएको चन्द्रमालाई मन, डमरुलाई ध्वनी एवं संगीतको प्रतिक मानिएको छ भने उनले कम्मर मुनी बाँधेको बाघको छालाले हिंसालाई द’बाउनुपर्छ भन्ने अर्थ दिन्छ ।

    त्यस्तै, शिवजीको आकृतिमा रहेको समानन्तर तीन वटा आँखामध्य बीचको तेस्रो आँखालाई अलौकिक सृष्टिको प्रतिक मानिन्छ ।साथै त्रि’सुलको तीनवटा शूलले उदय, संरक्षण र विनासको संकेत गर्छ भने सर्पले पर्यवरणमा रहेको विषाक्त पदार्थलाई आफ्नो गलामा समाहित गर्छ । शिवजीले स’र्पको माला लगाउनुको अर्थ पनि पर्यावरणको शुद्धतासँग जोडिएको मानिन्छ । सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव नै हुन् भने त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्।

    शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमा यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। रूद्र नै ब्रह्मा, विष्णु हुन् सबै देवता रुद्रांश हुन् र सबै कुरो रुद्रबाटै उत्पन्न भएका हुन् । रुद्र नै ब्रह्म स्वरुप हुन् र उनी नै स्वयम्भू हुन्। अर्थात शिव नै ब्रह्मा हुन् ,ब्रह्मा नै शिव हुन् ,शिवनै बिष्णु हुन् अनि बिष्णु नै शिव हुन् ।

    यस संसारको श्रृष्टि, पालन र संहारका विभिन्न नामले उनी चिनिदै आएका छन् । कैलाश पर्वत पौराणिक कथाका आधारमा हेर्दा कैलाश पर्वतमा देवादि देब महादेवको निवास्थान रहेको छ। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई वि८नाशकर्ताका रूपले चिनिन्छ भने यसका साथै हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता र शिव यो संसारका संहार कर्ता हुन्। शिवका करौडौ श्रद्धालु हरेक दिन भगवान शिवको पूजाआराधना गर्ने गर्दछन्।

    विशेषगरी सोमबारको दिनलाई शिवको दिन भनेर जानिन्छ, यस दिन भगवान शिवको आराधना गरिन्छ। ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो।शंकरको ” श ” को अर्थ कल्याण हो र ” कर ” को अर्थ हो गर्ने १ शंकरको अर्थ कल्याण गर्ने भन्ने हुन आउछ १ शिव ,अद्वैत ,कल्याण यी सबै शव्दहरु एकै अर्थका बोधक हुन् १

    भगवान शिवको प्रतीक शिवलिं’ग हो भने शिवालिं’गले निश्चल ज्ञान र तेज़को प्रतिनिधित्व गर्दछ १ ‘शिव’ को अर्थ हो – ‘कल्याणकारी’ र ‘लिं’ग’ को अर्थ हो – ‘सृजनता ‘ १ शिवलिं’ग जल, दूध, बेलपत्रले पूजिन्छ १ लिं’ग को मूल मा ब्रह्मा, मध्य मा विष्णु र माथि पट्टि प्रणवाख्य स्वयम् महादेव रहेका हुन्छन भन्ने मानिन्छ १ शिवलिं’गको वेदी महादेवी स्वरुप हुन् र लिं’ग स्वयम् महादेव हुन् १

    भगवान शिवलाई प्रायः जसो शिवलि’ङ्गको रूपमा पूजा गर्ने गरिन्छ । शिवलिं’गको मात्र पूजा गर्दा सबै देवी देउताको पूजा गरे सरह मानिने मान्यता रहेको छ १शिवलिं’गमा जल अर्पण गर्नुको अर्थ प्राणको सुरक्ष्या हो१ शिवलिं’गमा जलको अभिषेक गर्नाले परम तत्वमा प्राण विसर्जन गरेको मानिन्छ १ रुद्राष्टाध्यायी यजुर्वेदको एउटा अंग हो भने वेद सनातनी हिन्दुको सर्बोत्तम ग्रन्थ हो । वेद शिवको अंश भएका कारण वेदस् शिवस् शिवो वेदस् पनि भन्ने गरिन्छ १

    अर्थात् वेदनै शिव हो र शिवनै वेद हो , वेदको प्रादुर्भाव शिवबाटै भएको हो भनेर धर्मशास्त्रमा उल्लेख गरिको पाइन्छ । वेद र नारायण पनि एक हुन् १ वेदो नारायणस् साक्षात् स्वयम्भूरिति शुश्रुतम् । यसै कारण नेपाली संस्कृतिमा वेदको निकै बढी महत्व रहेको पाइन्छ र वेद कै ऋचा तथा सूक्तहरुले पूजा, यज्ञ, अभिषेक आदि गरिन्छ । शिव, महादेव, हरि, विष्णु, ब्रह्मा, रुद्र, नीलकंठ आदि सबै ब्रह्मकै पर्यायवाची शब्द हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.