• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

दुबई बाट नेपाल फर्किएका १०१ जना महिला मध्ये ९४ जना गर्भवती तथा केही रग ताम्य भएर आएपछि घर जान सकेनन्

  •    हेल्लो टिभी नेपाल  /६ असार २०७७, शनिबार ०७:२९ ,  प्रकाशीत
  • काठमाडौं। संयुक्त अरब एमिरेट्स यूएईको दुबईबाट पहिलो चार्टड बिमान उडेको छ । १ सय ४८ जना नेपाली बोकेर नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाज केहीबेरअघि उडेको हो। आज फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । फर्किनेमध्ये १ सय १ जना महिला र ४७ जना पुरुष रहेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ । १ सय १ जना महिलामध्ये ९४ जना गर्भवती छन् ।

    उडानमा १० जना बिभिन्न रो’गका कारण बि’रामी छन् भने १० जना रोजगारदाता भागेपछि अ’लप’त्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ। फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन्।

    आज उडेको विमानमा एक जनाको श’व पनि नेपाल पठाइएको छ। गएको चैत २८ गते यूएईको फुजेराहमा ब्रेन ट्युमरका कारण ज्या’न गु’माएका सिन्धुपाल्चोकका पेमा नुर्बु यल्मोको श’व नेपाल पठाइएको नेपाली दूतावासकी श्रम काउन्सिलर निर्मला थापाले जानकारी दिनुभयो।

    आज विभिन्न देशबाट चार सय १४ जना नेपाली स्वदेश फर्किएका छन् । कुवेतबाट जजिरा एअरमार्फत एक सय ५० जना, ओमानबाट सलाम एअरमार्फत एक सय ४६ जना, दोहाबाट कतार एअरमार्फत एक जना र मलेसियाबाट हिमालय एअरमार्फत एक सय १७ जना नेपाली स्वदेश फर्किएका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

    यसैगरी आज नेपालबाट चार वटा हवाइजहाज विभिन्न देशमा गएका छन् । त्रिभुवन विमानस्थलका अनुसार १५ जना नेपाली र एक जना विदेशी लिएर हिमालय एअर मलेसिया गएको छ । १३ जना बालबालिकासहित दुई सय ६३ जना यात्रु लिएर कतार एअर दोहा गएको छ । चार जना विदेशी लिएर हिमालय एअर दमाम र नेपाल एअरलाइन्सको जहाज यात्रु विना नै दुबई गएको छ । यस्तै आन्तरिकतर्फ तारा, सीता, एअर डाइनेस्टी, बुद्ध र मनाङ एअरले ६ वटा उडान गरेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.