• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

ठ गीको आरोपमा अस्ट्रेलियामा दुई नेपालीलाई प्रहरीले फिल्मी सैलीमा ग¥यो प क्राउ

  •    हेल्लो टिभी नेपाल  /१० असार २०७७, बुधबार ०७:०० ,  प्रकाशीत
  • सिड्नी(८५ वर्षीया एक वृद्धालाई ठ गी गरेको आरो पमा सिड्नीमा दुई नेपाली प क्राउ परेका छन्। पक्राउ पर्नेमा २२ वर्षीया नेहा गिरी तथा १९ वर्षीय आयुष भट्टराई रहेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन्।न्यूसाउथवेल्स प्रहरीले आरोपितहरुलाई ईन्टरनेट र फोनमार्फत् ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहलाई सघाएको भन्‍दै आठ अभियोग लगाएको छ।

    प क्राउ परेका दुवै जनालाई ग्रानभिलस्थित प्रहरी कार्यालयमा राखी अनुसन्धान अगाडि बढाइएको छ। उनीहरूलाई आजै सिड्नीको पारामाटा स्थानीय अदालतमा पेश गरिएकोमा उनीहरूको जमानत अस्वीकार गरिएको छ।

    न्यूसाउथवेल्स प्रहरीका अनुसार गत १९ तारिख शुक्रबारका दिन एक ८५ वर्षीय वृद्धाले आफूलाई ठगी गरिएको उजुरी गरेपछि प्रहरीले अनुसन्धान शुरू गरेको थियो। ती बृद्धालाई बैंकको खाता बन्द भएकाले नयाँ खाता खोल्न र त्यसमा जम्मा गर्नका लागि ३ हजार अस्ट्रेलियन डलर तयारी अवस्थामा राख्‍न भनिएको थियो।

    यस्तो रकम कुरियरमा काम गर्नेमार्फत् आफूहरुले उनको नयाँ खातामा जम्मा गरिदिने पनि फोनकर्ताले बताएको थियो। लगत्तै सोही व्यक्तिले फोनमार्फत् थप ५ हजार डलर तयार गर्न भनिएको थियो।यो रकम लिनका लागि २२ जुनमा कुरियरका रूपमा यी नेपालीहरू पुगेका प्रहरीले बताएको छ। प्रहरीले सोमबार २२ जुनका दिन ती वृद्धाको टेलोपियास्थित घरमा पुग्दा उनीहरू प क्राउ परेका थिए।

    प्रहरीले यो कार्यमा भारतबाट इन्टरनेट र फोनमार्फत् ठगी गर्ने र यस्तो रकम विभिन्न मनी ट्रान्सफर या हुन्डीमार्फत् भारतमा लैजाने गिरोह रहेको बताएको छ। पक्राउ परेका नेपालीहहरू कुरियर काम मात्रै गर्नेहरू हुन् अथवा यो सम्पूर्ण ठगीमैं जानीजानी संलग्‍न व्यक्तिहरू हुन् भन्‍ने विषयमा अनुसन्धान गरिरहेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.