• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

उपत्यका प्रवेश गर्न तथा गाडी संन्चालनमा आजबाट फेरी लागु भयो नयाँ नियम

  •    हेल्लो टिभी नेपाल  /१० असार २०७७, बुधबार ०७:०७ ,  प्रकाशीत
  • काठमाडौं स् गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं प्रवेश गर्नेलाई १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा राख्न तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ। काठमाडौं उपत्यका बाहिरबाट आउने मानिसहरुले १४ दिन क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने र कोरोनाको लक्षण देखिए मात्रै परीक्षणमा आउने गरी नयाँ व्यवस्था लागू गरेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कोरोना परीक्षण गराउनेहरुको चाप बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो ।

    पछिल्लो समय घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेको स्वास्थ मन्त्रालयले गृहलाई अवगत गराएको छ।

    गृहले स्वास्थ्यकै परिपत्रलाई आधार मान्दै पीसीआर परीक्षणमा चिकित्सक र स्वास्थ्यकर्मीलाई अनावश्यक दबाब नदिने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार गृहलाई पत्राचार गर्दै पीसीआर परीक्षणका लागि सर्वसाधारणले चिकित्सक र स्वास्थ्यकर्मीलाई दबाब दिएको उल्लेख गरेको थियो।

    आज स्वास्थ्य मन्त्रालयको सो व्यवस्था कडाइकासाथ लागू गर्न गृह मन्त्रालयले उपत्यकाका ३ वटै प्रशासन कार्यालयलाई परिपत्र गरेको हो । तर होम क्वारेन्टाइनमा बसेकाहरुको अनुगमन कसरी हुने भन्ने बारेमा कुनै योजना समेत नबनाइएको बताइएको छ । सरकारले लकडाउन केही खुकुलो बनाएसँगै बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका आउनेहरुको चाप पनि हरेक दिन बढ्दो छ । जसको कारण प्रयोगशालामा कोरोना परीक्षण गराउनेहरुको संख्या पनि तीब्र रुपमा बृद्धि भएको हो । तल बिज्ञप्ति पढ्नुहोस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.