• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मेलम्चीको पानी असार मसान्तमा सम्म घरको धारा धारामा पानि आउछ भन्दै मन्त्री बिनाले ठोकुवा गरिन् ।

  •    हेल्लो टिभी नेपाल  /१० असार २०७७, बुधबार २३:०३ ,  प्रकाशीत
  • काठमाडौं ्र खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले असार मसान्तसम्ममा मेलम्चीको पानी सुन्दरीजलसम्म आइपुग्ने बताएकी छिन् । प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति बैठकमा मन्त्री मगरले भौतिक निर्माणतर्फ एक प्रतिशतमात्रै काम बाँकी रहेको उल्लेख गर्दै असार मसान्तमा सुन्दरीजलमा पानी आइपुग्ने बताएकी हुन् । अस्थायी डाइभर्सनको लागि आवश्यक भौतिक पूर्वाधारको काम ९९ प्रतिशत सकिएको उनको भनाइ छ ।

    उनले भनिन्, ‘असारसम्म भौतिक काम सम्पन्न हुन्छ । राष्ट्रिय सभा, प्रतिनिधि सभामा प्रतिबद्धता जनाइसकेका छौँ र नीति तथा कार्यक्रममा पनि यो विषय समेटिएको छ । असार मसान्तमा परीक्षण र नयाँ आर्थिक वर्षमा व्यवस्थित ढङ्गले वितरण प्रक्रिया अगाडि बढ्छ ।’

    समिति सभापति कल्याणी कुमारी खड्काले सुन्दरीजलसम्म पानी खसाल्नुले मात्रै आयोजना पूरा नहुने भएकोले काठमाण्डौबासीको घरघरमा पानी पुर्‍याउने कुरालाई ध्यानमा राख्न मन्त्रालयलाई निर्देशन दिइन् ।

    सांसदहरुले खानेपानी आयोजनाको कुल लागत, स्थानीयका समस्या समाधान र कहिलेसम्म पानी काठमाण्डौमा आइपुग्छ भन्दै प्रश्न गरेका थिए । सांसद बहादुर सिंह लामाले सीएमसी कम्पनीले छोडर गएपछि भएको ४ प्रतिशत कामको लागत कति हो र अब कति लागत लाग्छ भन्दै प्रश्न गर्नुभएको थियो । सांसद गणेश पहाडीले सीएमसीले सप्लायर्स र लोकल भेण्डरहरुलाई दिनुपर्ने भुक्तानीको विषयमा के भइरहेको छ भन्दै प्रश्न गरेका थिए ।

    सांसद रंगमती शाहीले अहिलेसम्म नागरिकले मेलम्चीको पानी किन खान पाएनन् भन्दै प्रश्न गरिन । मेलम्ची आयोजनाका अनुसार अब सुरुङ र पानी प्रशोधन केन्द्रबीचको पाइप जडानको १० प्रतिशत काम बाँकी छ ।अनुगमन उपकरण जडानतर्फ आपूर्ति र जडानको काम भइरहेको आयोजनाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.