• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

को’रोना’को डरमा कारण गाउँगाउँमा पातको मास्क लगाएर हिड्दै

  •    हेल्लो टिभी नेपाल  /२० असार २०७७, शनिबार ०७:०३ ,  प्रकाशीत
  • भारतको छत्तीसगढ राज्यका ग्रामिण क्षेत्रमा समेत को’रोना भाइरसको संक्रमण फैलिने त्रासले सर्वसाधारणहरु घरमै सीमित भएर आवश्यक सुरक्षा तथा सतर्कताका उपायहरु अवलम्बन गर्न थालेका छन् । को’रोनाभाइरसको संक्रमणबाट जोखिनका लागि कसैले तीनपत्रे मास्क लगाउन सुझाव दिइरहेका हुन्छन् भने कसैले ‘एन ९५’ मास्क लगाउन भनिरहेका हुन्छन् ।

    गाउँघरमा त्यस्ता मास्क उपलब्ध हुन नसकेका कारण स्थानीयबासीले भने सालको पातको मास्क बनाएर लगाउन थालेका छन् । काँकेर जिल्लाको अन्तागढमा पञ्चायत भवनमा आयोजना गरिएको बैठकमा आदिवासीहरु पातको मास्क लगाएर आएका थिए । भर्रीटोला गाउँका एक युवकले भने, ‘हामीसँग अर्को मास्क छैन, त्यसैले घरबाट बाहिर निस्कनु पर्दा हामी पत्ताकै मास्क लगाएर हिँड्छौँ ।’

    एउटा स्थानीय न्यूज वेबसाइटका लागि काम गर्दै आएका टोकेश्वर साहुका अनुसार पातले बनाइएको मास्क ग्रामिण क्षेत्रमा लोकप्रिय भइरहेको छ । ‘हेर्दा हेर्दै यस्तो मास्क कयौँ गाउँमा प्रचलनमा आइसकेको छ, आदिवासीहरुले दिनभर यो मास्क लगाउँछन्,’ उनले भने, ‘अर्को दिनका लागि फेरि नयाँ बनाउँछन् ।’

    चिकित्सकहरुका अनुसार यस्तो मास्कले कोरोना संक्रमणबाट केही हदसम्म जोखिन सकिन्छ । खोक्दा अथवा हाच्छिउँ गर्दा भाइरस सोझै अरुमा पुग्न नसक्ने भएकाले केही हदसम्म यस्तो मास्कले पनि रोग फैलनबाट जोगाउन सक्ने उनीहरुको भनाइ छ । यद्यपि यस्तो मास्कले श्वास फेर्न भने कठिन हुन सक्ने उनीहरुको भनाइ छ ।

    रायपुरका चिकित्सक डा। अभिजित तिवारी भन्छन्, ‘आदिवासी समाजले वर्षौं पुरानो परम्परा र ज्ञानले हामीलाई समृद्ध बनाउँदै आएको छ । उनीहरुको पारम्परिक ज्ञानले हामीलाई हमेसा चकित पार्दछ । तर कोरोनाको सवालमा उनीहरु पनि अरु नागरिकजस्तै आ–आफ्नो घरमा बसुन् ।’

    उनले सरकारलाई आदिवासी क्षेत्रमा कपडाका मास्क निःशुल्क वितरण गर्न पनि आग्रह गरे । बस्तर क्षेत्रका आदिवासीहरुको जीवनमा पत्ताको निकै महत्व छ । उनीहरु खाना खानका लागि पनि साल, सिउडी, पलासको पत्ता प्रयोग गर्दछन् । पत्ता गाँसेर टपरी, दुना बनाउने चलन छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.