• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

लाहुरे राहुल र स्मिता गुरुङको भयो पुनर्मिलन, वडा अध्यक्ष भन्छन्, ‘बच्चाको अनुहार मिजासिलो देखिन्थ्यो’ (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /२३ माघ २०७७, शुक्रबार २०:३५ ,  प्रकाशीत
  • काठमाडौं, २३ माघ । सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।

    वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरीसेमेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका नारायण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।

    न्यूज २४ सँग कुरा गर्दै वडा अध्यक्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिकरण गरेको बताए । उनीहरूको शुक्रबार नै विवाह दर्ता भएको छ ।

    अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनर्मिलन गराएको हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो रु भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकारगर्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गरायौँ।’

    उहाँले थप्नुभयो, ‘सिक्किमबाट र राहुलका बुवा नि आउनु भएको थियो, स्मिताका माइतकी अमा नि आउनु भएको थियो, उहाँले पनि मेरो ज्वाइनै हो ज्वाइ मान्न तयार हुनुभयो, मिलनपछि उहाँहरुको बच्चाको अनुहार पनि मिजारिलो भयो।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.