• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

डाक्टरले आफ्नै आमाबुबालाई कुटेर घरनिकाला, सम्पतिको लागि पटक पटक मा*र्ने प्रयास गरेको खुलासा (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१९ फाल्गुन २०७७, बुधबार २०:२१ ,  प्रकाशीत
  • प्रजिना भण्डारी
    काठमाडौं, १९ फागुन । जेठो छोरा डा। प्रेमराज श्रेष्ठले काठमाडौमा भएको घर ओगटेको भन्दै बाबु आमाले सम्पत्ति फिर्ता गर्न माग गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मलेन गर्दै पर्वत कुश्मा वडा नम्बर(५ का स्थायी बाबु हरिकुमार श्रेष्ठ र आमा कमलादेवी श्रेष्ठले छोराले घरसहित आधा सम्पत्ति रोक्का गरेर कुटपिट गर्दै आएको जानकारी दिएका हुन् ।

    पत्रकार सम्मलेनमा बोल्दै हरी बहादुरले सानोभर्याङमा भएको सानोभर्याङस्थित ७० हजार रुपैयाँ महिनाको भाँडा आउने तीन तलाको घर छोराले ओगटेको बताए । उनले छोरीले इजरायल बसेर कमाएर पठाएको १ करोड ३८ लाख रुपैयाँले पैसाले घर र घडेरी किनेको जानकारी दिए । ‘छोरीको नागरिकता हामीसँग नभएकोले आमाको नाममा घर पास गरिएको हो ।’ उनले भने(‘तर छोराले त्यही सम्पत्तिलाई दाबी गरेर छोरीलाई सम्पत्ति दिएको भन्दै मुद्दा दिएको छ ।’

     

     

    उनले छोराले आफुलाई डाक्टर भन्दै अंकलोजीमा पिएचडि गरेको र सिभिल अस्पतालमा काम गरेको सुनेको उल्लेख गरे । तर आफूहरुबीच बोलचाल नभएको पनि उनले सुनाए । उनले तीन तलाको घरमा छोराले एकलौटी तरिकाले ओगटेको हुनाले आफुहरु आफन्तकोमा शरणार्थी भएर बस्दै आएको बताए । ‘१६ कोठाका घर भएर पनि हामी शरणार्थी भएर हिड्न परेको छ ।’–उनले भने ।

    कार्यक्रममा बोल्दै आमा कमलादेवीले रातदिन दुःख गरेर छोरालाई हुर्काएको, पढाएको छोराले मुख छाड्दा मन दुखेको बताइन् । ‘छोराले मलाई आज आमा होइन भन्दा बोली रोकिन्छ,’–उनले भनिन् । छोराको लागि गरेको मैले दुख प्रमाण देखाउन परेको भन्दै आराम गर्ने बेलामा मुद्दा मामिलामा हिँड्न परेको गुनासो गरिन् । उनले छोरा–छोरीलाई हुर्काएको पनि प्रमाण हुन्छ र रु प्रतिप्रश्न गरिन् । यस्तो छोरा कसैको कोखमा जन्म नलिउन भन्दै उनले भनिन्–‘यस्तो छोरालाई जन्म दिने भगवानको पनि आँखा अन्धो हुनुपर्छ ।’ उनले भनिन्, ‘भगवानले यस्तालाई जन्म दिन भन्दा गर्भमै तुहियोस् र कसैलाई यस्तो छोरा नदिउन् ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.