लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
तपाईको प्रतिक्रिया





हरितालिका तीजलाई लक्षित गर्दै गायिका शान्तिश्रीस मगरको नयाँ तीज गीत ‘लाहुरेनीलाई मस्ती’ सार्वजनिक भएको छ। आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीत शान्तिश्रीस मगर आफैंले निर्माण गरेकी हुन्।सुरेश राना मगरको शब्द तथा लयमा तयार भएको गीतमा शान्तिश्रीस मगर र शान्ता रानी परियारको स्वर रहेको छ। लामो समयपछि छुट्टीमा लाहुरे घर फर्किएपछि श्रीमती अर्थात् लाहुरेनीमा देखिने खुसी, उत्साह र चञ्चलतालाई गीतको मुख्य विषय बनाइएको छ।
गीतको भिडियो विजय पुनले निर्देशन गरेका हुन्। भिडियोमा विजय पुन, सजना गुरुङ, चाहना राना मगर र अनुप बुध मगरले अभिनय गरेका छन्। परदेशमा रहेका श्रीमान् लामो समयपछि घर फर्किएपछि परिवारमा देखिने खुसी र रमाइलो क्षणलाई भिडियोमा तीजको परिवेशसँग जोडेर प्रस्तुत गरिएको छ।
मौलिक तीजको स्वाद र मनोरञ्जनात्मक प्रस्तुतिलाई प्राथमिकता दिइएको गीतमा लाहुरे परिवारको सामाजिक तथा पारिवारिक परिवेशलाई समेत चित्रण गरिएको छ। पछिल्लो समय तीज गीतमा मौलिकता र स्थानीय परिवेशलाई जोड्ने क्रम बढिरहेका बेला ‘लाहुरेनीलाई मस्ती’ पनि सोही धारमा प्रस्तुत गरिएको छ।
शान्तिश्रीस मगरको आफ्नै च्यानलबाट सार्वजनिक भएको गीतले तीजको अवसरमा दर्शक–श्रोतामाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
हेर्नुस होस् गित‘‘‘।