• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग

  •    हेल्लो टिभी नेपाल  /२३ भाद्र २०८३, मंगलवार २०:०२ ,  प्रकाशीत
  • नुवाकोट । बाढीबाट प्रभावित नुवाकोटका नागरिकका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका लिडर्सहरूले राहत सामग्री सहयोग गरेका छन् ।
    कम्पनीका विभिन्न शाखामा आबद्ध लिडर्स तथा सहयोगीहरूबाट संकलित खाद्यान्न, लत्ताकपडालगायत अत्यावश्यक सामग्री पहिलो चरणमा १३ भदौमा विदुर नगरपालिकालाई हस्तान्तरण गरिएको थियो । त्यसपछि भदौ १९ गते बाढीबाट प्रत्यक्ष प्रभावित बेत्रावती ९स्वारा० क्षेत्रमा स्थापना गरिएको अस्थायी बस्तीमा समेत राहत सामग्री पुर्‍याइएको हो ।
    राहत अभियानको समग्र समन्वय बालाजु क्षेत्रका क्षेत्रीय प्रमुख विष्णुप्रसाद सापकोटाले गर्नुभएको थियो । अभियानमा बिशेष योगदान पुर्‍याउनुहुने सरोज लो साथै, सिटिजन लाइफका स्टार एजेन्सी म्यानेजर गीता रायमाझी, सिनियर एजेन्सी म्यानेजर सुरेशबाबु जमरकट्टेल, सिनयर एजेनसी म्यपानेजर निरु अधिकारी, एजेन्सी म्यानेजर शुसिल कुमार बस्नेत, दुर्गा ढकाल खड्का, जया श्रेष्ठ, उमा देउजा, उमा थापा तथा विभिन्न शाखाका ८० भन्दा धेरै लिडर्सहरूको सक्रिय सहभागिता रहेको थियो ।

    जोखिमपूर्ण सडक तथा कठिन भौगोलिक अवस्थाको समेत पर्वाह नगरी राहत सामग्री नुवाकोटका विभिन्न होल्डिङ सेन्टरसम्म पुर्‍याइएको थियो । राहत वितरणमा लिडरहरू हरि अधिकारी, उमा देउजा, बिरबहादुर तामाङ, बिष्णु गुरुङ, दिलकुमार कोजुले सहयोग गर्नुभएको थियो ।

    अभियानमा स्वयम्भु शाखा प्रमुख कल्पना कार्की भण्डारी, जरङ्खु शाखा प्रमुख विपुल पाण्डे, महाराजगञ्ज शाखा प्रमुख दीपक पोखरेल, टोखा शाखा प्रमुख राजकुमार न्यौपाने, बालाजु शाखा प्रमुख मनिषा तामाङ र नुवाकोट शाखा प्रमुख कविता श्रेष्ठले समन्वय तथा व्यवस्थापनमा भूमिका निर्वाह गरेका थिए ।

    विपद्को समयमा प्रभावित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त अभियानले सिटिजन लाइफका लिडर्सहरूको सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय प्रतिबद्धतालाई उजागर गरेको सहभागीहरूले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.