टोखा नगरपालिका वडा नं ६ मा जनप्रतिनिधिद्धारा माक्स बितरण (तस्बिर सहित)
तपाईको प्रतिक्रिया





मिलन खत्री
काठमाण्डौ, चैत १५ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढदा क्रममा रहेको छ । दक्षिणी युरोप संक्रमणको केन्द्र बनेको छ । अमेरिकामा पनि संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।कोरोनाको संक्रमण र रोकथामको प्रयासमा धेरै देशहरुले लकडाउन गरेर मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् ।कोरोना भाइरस पूरै विश्वभर तीव्र रुपमा फैलिइरहेको छ । यसै क्रममा काठमाण्डौमा सरकारले लकडाउनको थालनी गरेको आज पाचौ दिन हो ।
टोखा नगरपालिका वडा नं ६ मा जनप्रतिनिधिको सकृयतामा माक्स बितरण तथा किटनासक औषधि छर्किने अभियन थालेको छ । उक्त अभियानमा वडा सदस्य हरि बहादुर खत्री ,शान्ता खनाल , वडा सदस्य तथा न्यायीक समिति सदस्य चन्द्र प्रकाश श्रेष्ठ तथा कार्यपालिका सदस्य सन्जिब सुनुवारको उपस्थिति रहेको थियो ।जनप्रतिनिधिहरुको सकृयतामा खाध्यान्न,तरकारी ,फलफूल लगायतका अत्यावश्यक वस्तुहरुको अनुगमन गरि मूल्यसूचि,मूल्यवृद्धि र ठूला स्टोरहरुमा स्टक सामानहरुको जानकारी समेत लिएका थिए । हेर्नुहोस 6 तस्बिरमा