एम्बुलेन्स सरह आफ्नो निजि गाडी २४ सै घण्टा बिरामीको सेवामा Suvash Shrestha
तपाईको प्रतिक्रिया





मिलन खत्री

काठमाण्डौ, चैत २३ । विश्वभर कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढदा क्रममा रहेको छ । दक्षिणी युरोप संक्रमणको केन्द्र बनेको छ । अमेरिकामा पनि संक्रमित र त्यसबाट मृत्यु हुनेको संख्या बढ्दो क्रममा छ ।कोरोनाको संक्रमण र रोकथामको प्रयासमा धेरै देशहरुले लकडाउन गरेर मानिसहरुलाई घरबाहिर निस्किन प्रतिबन्ध लगाएका छन् ।कोरोना भाइरस पूरै विश्वभर तीव्र रुपमा फैलिइरहेको छ । काठमाण्डौमा सरकारले लकडाउनको थालनी गरेको आज तेह्रौ दिन हो ।त्यसै क्रममा बुढानीलकण्ठका युवा समाजसेवी सुभास श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा स्टट्यास राख्दै अप्ठ्यारो परेमा सहयोग गर्नेछु भन्दै सम्पर्क नम्बर छाडेका थिए । आफ्नो घरमा भएको निजि 4 गाडी एम्बुलेन्स सरह २४ घण्टामा सुभाष श्रेष्टको टिमले बिरामीलाई सेवा दिदै आएको छ ।
कोरोना संक्रमिक बाहेक अरु बिरामीलाई आफ्नै खर्चमा रातदिन नभनि अस्पतालसम्म पु¥याउने काम गरीरहेका छन भने अस्पताल पुगेर डाइलसिस गर्नुपर्ने, प्रसुति सेवा लिने, दुर्घटना भए अथवा उपचारका लागि तुरुन्तै अस्पताल जानुपर्ने जोकोहीले सुभासलाई फोन गरे यातायातको सेवा सुविधा पाउन सकिन्छ बाकि भिडियोमा हेर्नुहोस।