आज अमेरिकी डलरसहित सबै देशको मूल्य बढ्यो, हेर्नुहोस कुन देशको कति पुग्यो ?
तपाईको प्रतिक्रिया





काठमाडौँ – आज जेठ ६ गते अमेरिकी डलरसहित ९ देशको विनिमयदर बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी जारी गरेको विनिमय दर अनुसार आज यूरोपियन यूरो, कुवेती दिनार र बहराइन दिनारको भाउ धेरै र अन्य देशको मुद्राको भाउ सामान्य बढेको हो ।
आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ १६ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ७६ पैसा पुगेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४६ रुपैयाँ९९ पैसा र बिक्रिदर १ सय ४७ रुपैयाँ ७२ पैसा रहेको छ।
यूरोपियन यूरो एकको खरिददर १३१ रुपैयाँ २ पैसा तथा बिक्रिदर १ सय ३१ रुपैयाँ ६७ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २८ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४४ रहेको छ। साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ २५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ४१ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८६ पैसा रहेको छ।
युएई दिराम एकको खरिददर ३२ रुपैयाँ ९९ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ १५ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ३९२ रुपैयाँ १० पैसा तथा बिक्रिदर ३९४ रुपैयाँ ५ पैसा रहेको छ। बहराईन दिनार एकको खरिददर ३२० रुपैयाँ ८७ पैसा तथा बिक्रिदर ३२२ रुपैयाँ ४६ पैसा रहेको छ।
