नेपालमा कोरानालाई जितेर ४५ जना घर फर्किएपछि खुसीयाली मनाए
हेल्लो टिभी नेपाल /७ जेष्ठ २०७७, बुधबार १४:१४ , प्रकाशीत
काठमाडौं( कोरोना निको भएपछि कोसी अस्पतालबाट थप आठ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा उदयपुरको भुल्केमा फेला परेका पाँच भारतीय र तीन स्थानीय रहेका छन् । उनीहरू सबैलाई आज डिस्चार्ज गरिएको हो । यससँगै कोरोनामुक्त भएर घर फर्किनेको संख्या ४५ पुगेको छ भने केन्द्रबाट हालसम्म कोरोनामुक्त भएर घर फर्किनेको संख्या २६ पुगेको छ ।
अहिले उपचार केन्द्रमा २८ संक्रमितको उपचार भइरहेको छ । तीमध्ये अहिलेसम्म सुनसरीको इटहरी–२ का १८ वर्षीय किशोरमा मात्रै कोरोनाको लक्षण देखिएको बताइएको छ । ‘संक्रमित किशोरको छातीमा पानी जमेको र अहिले उनलाई एन्टिबायोटिक औषधि खुवाइरहेको र रगतलगायत आवश्यक जाँच सुरु गरिएको बताइएको छ ।