रुकुम घटनाको पोस्टमार्टम रिपोर्ट आयो । नवराजको ज्यान यसकारण गएको खुलाशा (भिडियो हेर्नुस) नवराज र साथीहरुको पेटमा पानी भरिएको देखिएन, सबैले शेयर गरौं
तपाईको प्रतिक्रिया





रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् । भेरी नदी किनारमा मृतक नवराज विक र गणेश बुढाको दाहसंस्कारमा सहभागी स्थानीय । तस्बिर स् भीमबहादुररकान्तिपुर मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले कान्तिपुरलाई बताए । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’ उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ ।
तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए । अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ । भिडियो हेर्नुस