श्रीमान सम्पर्क विहिन, छोरा छोरीलाई किताब किन्ने पैसा नहुदा रुवाबासी कता जाम भन्दै भक्कानिइन् सबिता
तपाईको प्रतिक्रिया





घर चुहिने थियो, घर चलाउन अनि सन्तानलाई पढाउन धौ(धौ परि रहको अबस्था थियो, हामी दुवै जना मिलेर यतै काम गरौ भन्दा भदै कमाउन हिडनु भएको उहा उताउतै हराउनु भयो । २ बर्ष बिती सक्दा पनि उहा घर फर्किनु भएन। म एक्लैले घरको आबस्यकता पुरा गर्न कठिन थियो । पर स्त्री संग उहा रमाउनु हुन्थो । सबैका नानिहरुले किताब ल्याइ सके मैले अहिले सम्म ल्याई दिन सकीन भनन्दै भाबुक हुनु भयो ।
यो मोरङको पथरीशनिश्चरे नगरपालिका वडा न। ४ निवासी सबिता श्रेष्ठको कथा हो । बिगत २ बर्ष देखी आफ्नो श्रीमान ९मिलन लिम्बु० सम्पर्क बिहिन भएका कारण श्रीमानको खोजी गरीदिन अनुरो गर्दै आफुलाई धेरै दुस्ख भएको बताउछिन ।उनी भन्छिन ‘भक्तपुरमा हुनुहुन्छ भन्ने सुनेको थिए । दशैंमा आउनु हुन्छ भन्ने आशा थियो, दशैंमा पनि आउनु भएन । छोरा छोरीलाई किताब किनी दिन पनि सकेको छैन, घरमा खाने कुरा पनि छैन ।’सबिता र उनका एक छोरा र एक छोरीहरु यतिबेला छिमेकीको सहारामा बस्दै आइरहेका छन् । भिडियो