• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रधानमन्त्रीज्यू, नक्सामा मात्रै होइन जमिन नै फिर्ता चाहियो भन्दै राजेन्द्र महतोले दिए चेतावनी

  •    हेल्लो टिभी नेपाल  /३२ जेष्ठ २०७७, आईतवार २२:३७ ,  प्रकाशीत
  • जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले संविधान संशोधन देशको अखण्डता, राष्ट्रियता र सार्वभौमिकतासँग जोडिएको बताए । कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभागमा समेटिनु सम्पूर्ण नेपालीको लागि खुसीको कुरा भएको पनि महतोले बताए । प्रतिनिधिसभाको शनिबारको बैठकमा नेपालको संविधान ९दोस्रो संशोधन० विधेयक, २०७७ माथिको दफावार छलफलमा बोल्दै नेता महतोले राष्ट्रियता कसैको एकलौटी नहुने बताए । राष्ट्रियता जाति, धर्म विशेष र क्षेत्रले निर्धारण नहुने उल्लेख गर्दै नेता महतोले आजैबाट राष्ट्रघात र राष्ट्रवादको परिभाषा परिवर्तन गर्नुपर्ने बताए । वर्तमान संविधानप्रति आफूहरुको ‘रिजर्भेसन’ रहेको उल्लेख गर्दै पटक–पटक संविधानप्रति रहेको विभिन्न असहमतिहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाइए पनि आफूहरुको कुरा नसुनिएको उनले बताए ।

    आफूहरुको अ,सन्तुष्टिलाई पनि सम्बोधन गर्दै प्याकेजमा संविधान संशोधन गरेको भए अझ राम्रो हुने उनले बताए । यदि त्यस्तो गरेको भए हिमाल, पहाड, तराई मधेसका नागरिकको भावना समेटिने नेता महतोले बताए ।संसदमा बोल्दै महतोले अनुहार हेरेर राष्ट्र्रघाती र राष्ट्रवादीको धारण नबनाउन आग्रह गरे । प्रत्येक मधेसी जनताले सेना भएर नेपाली सीमाको रक्षा गर्दै आएको उल्लेख गर्दै उनले आफूहरुमाथि शंकाको दृष्टिले नहेर्न आग्रह गरे । भिडियो हेर्नुहोस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.