• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

धार्मिक कालिञ्चोक भगवतीको दर्शन तथा सेयर गरे अवश्य मनले चिताको पुग्छ

  •    हेल्लो टिभी नेपाल  /२ असार २०७७, मंगलवार ०८:१६ ,  प्रकाशीत
  • धार्मिक र पर्यटकीय सम्भावना बोकेको कालिञ्चोक भगवती मन्दिरले संसारकै धनीमध्येको भारतको तिरूपति मन्दिरझै प्रसिद्ध बन्ने सम्भावना बोकेको छ । दोलखाको चरिकोट बजारबाट उत्तरपूर्व करिब १९ किलोमिटर सडक मार्ग पार गरेपछि कुरी बजार पुग्न सकिन्छ ।

    भौगोलिक रुपमा कुरी बजारले तिरुपति वालाजीको झझल्को दिन्छ भन्छन् पुगेर फर्कनेहरु ।प्राकृतिक छटा र जंगल पर्यटनको सम्भावना खोल्ने हो भने प्रदेश ३ को प्रमुख पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको छ, कालिञ्चोक भगवती मन्दिरले । मन्दिर दर्शनका लागि सरदर दैनिक दुई सय भक्तजनहरू पुग्ने गरेको पुजारी शान्तप्रसाद बस्यौला बताउँछन् ।

    कुरी बजारदेखि मन्दीर आउजाउका लागि बन्न लागेको केवुलकारले बजार विस्तारको सम्भावना बढाएको छ भने आन्तरिक पर्यटनको ढोका खुल्न सक्ने विश्वास स्थानियले गरेका छन् ।समुद्र सतहबाट ३८४२ मिटर उचाइमा रहेको कालिञ्चोक भगवती मन्दिरको उत्तरतिर गौरीशंकर हिमाल आँखा अगाडि नै ठोकिन्छ ।

    हिमालको एउटा टाकुरो भगवती पार्वती र अर्को टाकुरो भगवान शिवको स्वरूप भएकाले गौरीशंकर नामाकरण गरिएको हो । सरकारले धेरै हिमालहरू आरोहणका लागि खुला गरे पनि भगवानहरूको शिर मानिने गौरीशंकर हिमाल आरोहणका लागि खुला गरेको छैन ।

    गुठी संस्थानबाट मूल पुजारीका रूपमा दुई वर्षदेखि काम गरिरहेका शान्तप्रसाद बस्यौला भन्छन्– यो ठाउँ धार्मिक हिसाबले जति महत्वपूर्ण छ, पर्यटकीय हिसाबले पनि उत्तिकै मनोरम छ । १०८ वर्षदेखिका घण्ट सुरक्षित नै छन् भने त्यसअघिको शिलालेख कतै भटिएको छैन ।

    तर देवीको पूजाआजाका लागि मान्छेहरू हजारांै वर्षदेखि आइरहने गरेको किंवदन्ती छ, कुरी बजारमा भेटिएका निमा शेर्पाले भने । कालिञ्चोक भगवतीको बारेमा एउटा किंवदन्ती छ । हिमालको चुचुराको रूपधारण गरेर बसेका गौरी र शंकरको तपस्यामा रहेकी कालीदेवीमाथि शैलेश्वरबाट घुम्दै आएका राक्षसहरूले गिद्देनजर लगाए छन् ।

    मन्दिरको दक्षिणतिरका सयवटा पहाडलाई शैलेश्वर भनिन्छ, जहाँ राक्षसहरूको बस्ती रहेछ । त्यहाँबाट घुम्दै आएका राक्षसहरूले रूपवती कालीदेवीलाई देखेपछि हामी बलवान पनि छौं, धनवान पनि छौं, हाम्रा राजा समन्वय सम्बरसँग विवाह गरेर आनन्दले बस भने छन् ।

    हुन्छ, तर उनीसँग विवाह गर्न मेरो एउटा सर्त छ, त्यो के हो भने जसले युद्धमा मलाई जित्न सक्छ, उसैसँग मेरो विवाह हुन्छ । यो कुरा राक्षसहरूले राजा सम्बरलाई सुनाएपछि उनले तुरुन्तै आदेश दिए– ल जाओ, त्यो केटीलाई लिएर आओ ।राक्षसहरूका राजा सम्बरको यो आदेशपछि लडाइँमा गएका राक्षसी सेनाले कालीदेवीमाथि आक्रमण सुरु गरे । युद्धमा धेरै राक्षस मारिए, काटिए, उनीहरूको रगतले अहिलेको कुरी बजार भरिएको थियो रे मूल पुजारी बस्यौलाले भने ।

    युद्धबाट थाकेकी कालीदेवीका लागि प्यास लाग्दा पानी खान महादेवले ३८४२ मिटर उचाइमा रहेको डाँडामा तत्कालै पानीको व्यवस्था गरिदिए । पानीले भरिएको सात फिट गहिरो कुण्ड अहिले पनि छ ।कुण्डको उत्तरपूर्वबाट उत्पन्न भएको नदीलाई तामाकोसी भनिन्छ भने पश्चिमतिरको नदीलाई सुनकोसी । कालीदेवीको प्यास मेट्न भगवान महादेवले उनका लागि पानी खान बनाइएको कुण्डमा हजारांै भक्तहरूले दैनिक सयौं लिटर जल झिक्ने गर्छन् ।

    तर जति जल झिके पनि नसकिनु आश्चर्य लाग्दो यहाँको विशेषता हो मूल पुजारी शान्तप्रसाद बस्यौलाले भने । युद्ध सकिएको एक डेढ महिनापछि त्यो रक्तविजमा ठूल्ठूला किरा देखिन थालेछ, वरपरबाट आएकाहरूले देखेपछि कुरी, कुरी भन्दाभन्दै यसको नामै कुरी बजार रहन गएको हो, स्थानीय होटल व्यवसायी भोजबहादुर तामाङले भने ।

    हजारांैले हात मुख धुन्छन् तर केही उम्रदैन । राक्षसहरूको रक्तवीज परेको क्षेत्रमा कुनै बीउबिजन उम्रँदैन भन्ने किंवदन्ती अहिले पनि चलनमा छ । यसरी वर्षौं लडाइँ लडेर जितेपछि कालीदेवीले पुनः लडाइँ लड्न नपरोस्, मैले तपस्या गरेको ठाउँमा दुष्ट आत्माहरु आउन नसकुन भनेर कुण्डको पश्चिम भागमा पहाड काटेर निकै गहिरो गल्छी बनाई आउजाउ गर्न नसक्ने तुल्याएकी थिइन्, जहाँ अहिले फलामको भ¥याङ बनाएर आउजाउको व्यवस्था मिलाइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.