नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूलाइ पुर्ण रुपमा बन्द गर्ने तयारी
तपाईको प्रतिक्रिया





काठमाडौं – विदेशी टेलिभिजन च्यानल प्रसारकहरूले कात्तिक ८ गतेबाट अनिवार्य रूपले ‘क्लिनफिड’ प्रविधि लागू गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना तथा प्रसारण विभागले सोमबार यस्तो सूचना जारी गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले विज्ञापन (नियमन गर्ने)ऐन २०७६ को दफा ६ को उपदफा १ मा नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलहरूले विज्ञापनरहित ९क्लिनफिड० प्रसारण गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको हुनाले सो सूचना जारी गरिएको जानकारी दिए । नेपालमा प्रसारणका लागि डाउनलिङ्कको अनुमति लिने च्यानलको सङ्ख्या १४७ छन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
त्यस्तै भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनुभएको छ । उत्तराखण्डमा आयोजित जनसम्वादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढङ्गबाट समाधान गर्ने बताउनुभएको हो । “नेपालसँग हाम्रो केबल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्र हैन आध्यात्मिक सम्बन्ध पनि छ । भारत नेपालबीच सीमाको विषयमा जुन भ्रमको स्थिति बनेको छ, एक आपसमा मिलेर बसेर बातचितको माध्यमबाट समस्याको हल गर्नेछौँ’, उहाँले भन्नुभयो । नेपालका मानिसप्रति भारतमा कहिले कटुताको भाव नरहेकोसमेत उहाँले सुनाउनुभयो ।
कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको भूभाग नेपालको नक्सामा अद्यावधिक गरिसकेपछि पछिल्लो समय भारत सरकारमा निकै ठूलो दबाव सिर्जना भएको छ । भारत देशभित्रै नेपाल भारत सम्बधलाई लिएर दुईमतको सिर्जना भइरहेको छ । नेपालको नयाँ नक्सा भारतलाई मान्य नहुने प्रतिक्रिया केही दिन अघि विदेश मन्त्रालयका प्रवक्ताले दिनुभएको थियो ।