• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

२४ दिनपछि न्युजिल्यान्डमा पुन: कोरोना संक्रमित भेटिए…

  •    हेल्लो टिभी नेपाल  /२ असार २०७७, मंगलवार २०:५३ ,  प्रकाशीत
  • न्युजिल्यान्डमा २४ दिनपछि कोरोना संक्रमण देखिको छ । न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार दुई जनामा संक्रमण पुष्टि भएको हो ।

    उनीहरु दुवै जना केही दिनअघि मात्रै बेलायतबाट फर्किएका हुन् । स्थानीय सञ्चार माध्यमका अनुसार उनीहरुलाई आफन्तको अन्त्येष्टिमा सहभागी हुन बाहिरबाट आउने अनुमति दिइएको थियो ।

    न्युजिल्यान्डले गत हप्ता मात्रै मुलुक कोरोना भाइरसकमुक्त भएको घोषणा गर्दै लकडाउन हटाएको थियो । तर अन्तर्राष्ट्रिय यात्रामा भने प्रतिबन्ध कायमै छ । विदेशमा रहेका नागरिक कर्मचारीलाई मात्रै स्वदेश फर्कने अनुमति दिइने प्रधानमन्त्री जसिन्डा आर्डनले बताएकी थिइन् ।

    प्रधानमन्त्री आर्डनले मुलुक कोरोना भाइरसमुक्त हुनु खुसीको कुरा भए पनि पुन: संक्रमण देखिने चुनौती भने कायमै रहेको बताएकी थिइन् । कोरोना भाइरसको महामारी नियन्त्रणका लागि न्युजिल्यान्डले चालेका कदमको विश्वभर प्रशंसा भइरहेको छ । न्युजिल्यान्डले कोरोना महामारीको सुरुवातमै अन्तर्राष्ट्रिय सीमा बन्द गर्नुका साथै देशभित्र लकडाउन गरेको थियो ।

    थपिएका २ संक्रमितसँगै न्युजिल्यान्डमा एक हजार ५ सय ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । न्युजिल्यान्डमा अहिलेसम्म २२ जनाको मृत्यु भएको छ । त्यसैगरी मंगलबार संक्रमण पुष्टि भएका बाहेक न्युजिल्यान्डमा कोरोना संक्रमित उपचाररत छैनन् । सबै निको भएर घर फर्किसकेका छन् ।

    यो पनि हेर्नुहोला ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.