• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सासंद पद खारेज भएपछि माइती देश भारत हिडेकी सांसद सरिता गिरी जान पाइनन्

  •    हेल्लो टिभी नेपाल  /३ असार २०७७, बुधबार ०७:३४ ,  प्रकाशीत
  • सिरहा । पछिल्लो समय अभिव्यक्तिका कारण विवादमा आएकी जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई भारत प्रवेशमा रोक लगाईएको छ । सिरहाको ठाड़ी नाका हुँदै भारत प्रवेश गर्न लागेकी उनलाई नाका नजिकै रोकेर फकाइएइको बताइएको छ ।भारत तर्फ प्रवेश गर्न गिरीले निकै प्रयास गरेपनि सफल नभएपछि लहानतर्फ फर्किएको बताइएको छ ।

    सीमा सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मीले भारत प्रवेश गर्नबाट रोक लगाउँदै नेपाल तर्फ फर्काइदिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।लकडाउनको समयमा नाकाबाट नेपालीलाई भारत प्रवेशमा अनुमति नरहेको भन्दै सुरक्षाकर्मीले फर्काएको थियो ।चालक र गाडीसहित गिरी मंगलवार दिउँसो तीन बजे सिरहाको मुख्य नाका ठाड़ीबाट भारतको विहारतर्फ प्रवेश गर्न लागेकी थिइन् । नेपालको नयाँ नक्सासहितको निशान छाप परिवर्तनका लागि संविधान संशोधन प्रस्तावको विपक्षमा उभिएर गिरी विवादमा आएकी थिइन् ।

    उनले प्रस्तावबारे मतदान समेत गरिनन् । गिरीले लिपुलेक नेपालको होइन भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि स्वयंको उनको दल मात्र नभई आम नेपालीबीच आलोचित बनेकी हुन ।गिरीको ससुराली घर सिरहाको लहान हो भने माइती घर भारत रहेको छ । गिरीलाई राष्ट्रघाती अभिव्यक्ति दिइएको भन्दै सांसद तथा जनता समाजवादी पार्टीको साधारण सदस्य समेतबाट निष्कासन गर्ने तयारी गरिरहेको बताइएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.