• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

प्रधानसेनापति थापा कालापानी क्षेत्र भ्रमण गर्न पुगेकोमा भारतमा देखायो चासो, भुमी फिर्ता गर्नुपर्ने भयो भन्दै भारतमा खैलाबैला

  •    हेल्लो टिभी नेपाल  /४ असार २०७७, बिहीबार ०७:४३ ,  प्रकाशीत
  • धरान । प्रधानसेनापति पूर्णचन्द्र थापा बुधबार कालापानी क्षेत्रमा पुगेका छन् । उनले छाँगरुको सुरक्षा बेस क्याम्प नीरिक्षण गरेका थिए ।

    थापाले नेपाली सेनाले ब्यास गाउँपालिका २ घाटीबगडमा गोरेटो बाटो निर्माण गरिरहेको अनुगमन समेत गरेका थिए । ९ जेठबाट ब्यास जोड्ने बाटो निर्माण शुरु भएको हो । यसको असारभित्रै निर्माण पूरा गर्ने लक्ष्य राखिएको छ । घाँटीबगड देखि मौर्याभिरसम्मको कठिन भुगोलमा ४ सय मिटरको बाटो निर्माण भइरहेको हो ।

    यसैगरी, सशस्त्र प्रहरीको छाँगरुमा बिओपी रहेको छ । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालले त्यसको अनुगमन गरेका थिए । उनले दार्चुलाको खलंगामा निर्माण भएको सशस्त्र प्रहरी नम्बर ५० गुल्मको उदघाटन गरेका थिए ।

    यसैगरी, प्रधानसेनापति पूर्ण चन्द्र थापा सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनालसहित कालापानी क्षेत्र पुगेकोमा भारतले चासो देखाएको छ । भारतीय सुरक्षा निकायले यसलाई नजिकबाट नियालेको बुझिएको छ । भारतीय सञ्चारमाध्यमले थापा र खनाल कालापानी क्षेत्रमा पुगेको विषयलाई प्रकाशन तथा प्रशारण गरेका छन् । इन्डियन एक्सप्रेसले आज नेपालको राष्ट्रियसभाले नेपालको नयाँ नक्शा समेटेको निशान छाप अनुमोदन गर्न संविधान संशोधन प्रस्ताव पारित गर्नै लाग्दा सेनापति सशस्त्रका आइजीपीसहित कालापानी नजिकैको छाँगरुमा पुगेको भनेको छ ।

    कालापानी, लिम्पियाधुरा र लिपुलेकसहितको भुभाग समेटेर नेपालले नयाँ नक्शा जारी गरेपछि भारत असन्तुष्ट रहँदै आएको छ । संसदबाटै यसको अनुमोदन प्रक्रिया बढेपछि भारतले वार्ताको वातावरण बिग्रिएको सन्देश दिइरहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.