हेल्लो टिभी नेपाल /४ असार २०७७, बिहीबार ११:१८ , प्रकाशीत
रुकुम पूर्व (भूमे गाउँपालिका वडा नं ४ का दलित महिला सदस्य धनिसरा कामीको बुधबार बाटोमा लडेर मृत्यु भएको छ ।वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय खाबाङ बजार जाँदै गर्दा लडेर गम्भीर घाइते भएपछि घर ल्याउन खोज्दा उनको बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम ९पूर्व०का प्रहरी निरीक्षक दिनेश गुरुङले जानकारी दिए ।सो क्षेत्रमा वर्षा भइरहेकाले घटनाको विस्तृत विवरण आउन कठिनाइ भएको प्रहरीले जनाएको छ ।
परासीमा व्यवस्थित बसपार्क निर्माण शुरु
नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० जिल्लाको सदरमुकाम परासीमा बसपार्क निमार्णको काम शुरु भएको छ । सवारी पार्किङको समस्या समाधानका लागि रामग्राम नगरपालिकाको पहलमा बसपार्क निर्माणको काम शुरु भएको हो । सङ्घीय सरकारको शहरी विकास मन्त्रालयको करिब रु सात करोड लगानीमा क्रमागत रुपमा बसपार्क निमार्णको काम थालिएको छ ।
पहिलो चरणमा चालू आर्थिक वर्षमा बसपार्क निर्माण गरिने क्षेत्रफलमा कम्पाउन्ड वाल ९पर्खाल० निमार्ण सम्पन्न गर्ने गरी कार्य भइरहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले जानकारी दिनुभयो ।
रामग्राम–४ केरवानीस्थित एक बिघा १५ कट्ठा क्षेत्रफलमा निर्माण हुने सुविधासम्पन्न बसपार्कमा कार्यालय सञ्चालन भवन, टर्मिनल, पार्किङस्थल, स्नानगृह, चमेनागृह र शौचालयलगायत आवश्यक अन्य भौतिक संरचना निर्माण हुनेछन् ।
आर्थिक वर्ष ०७९÷८० सम्म निमार्ण पूरा गर्ने लक्ष्य लिएको सो बसपार्क आर्थिक वर्ष २०७७÷७८ मा शहरी विकास मन्त्रालयको करीब रु पाँच करोड र बाँकी अपुग रकम नगरपालिकाले लगानी गर्नेछ । निर्माण हुने सो सुविधायुक्त बसपार्कमा जिल्ला भित्रिने र बाहिरिने विभिन्न रुटका सार्वजनिक सवारीसाधनलाई व्यस्थापन गरिने लक्ष्य रहेको रामग्राम नगरपालिकाले जनाएको छ ।