• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पिपलकाे पातमा काेर्छन् मान्छेकाे चित्र, आर्टमा यस्तो लगाव (भिडिओ)

  •      /३० भाद्र २०७६, सोमबार १५:४३ ,  प्रकाशीत
  • पिपलको पातमा मान्छेको आकृति । सुन्दै अचम्म लाग्ने यो प्रतिभाका धनि हुन् निरज खनाल । चितवनको पदमपुर निवासी निरज खनालले पिपलको पातमा दुरुस्तै मान्छेको आकृति बनाइदिन्छन् । अहिलेसम्म उनले बलिउड र कलिउडका चर्चित कलाकारदेखि चर्चामा रहेका विभिन्न व्यक्तिको आकृति पिपलको पातमा कोरेका छन् ।

    निरजलाई पिपलको पातमा मान्छेको आकृति बनाउन पेन्सिल र ब्लेड भए पुग्छ । पहिले पेन्सिलले कोर्छन् । त्यसपछि त्यसलाई ब्लेडले काटेर दुरुस्तै मान्छेको आकृति बनाइदिन्छन् । उनले बनाएका चित्र पृष्ठभूमि सेतो राखेर वा आकासतर्फ फर्काएर हेर्दा प्रष्ट देखिन्छन् । हेर्नुहोस् उनले पिपलको पातमा बनाएको केही चर्चित व्यक्तिहरुको चित्र ।

    उनी सामाजिक संजाल टिकटकमा भाईरल छन् । यो भिडियो तयार पार्दासम्म टिकटकमा उनलाई ८० हजार भन्दा धेरैले पछ्याईरहेका छन् । सामान्यतः पिपलको पातमा मान्छेको चित्र बनाउन उनलाई झण्डै दुई घण्टा लाग्छ । पेपरमा स्केच कोर्दै आएका निरजले रहरै रहरमा पिपलको पातमा पनि चित्र बनाउन शुरु गरेका थिए । अहिले यो व्यवसायिक समेत बन्न थालेको छ ।

    निरजले एउटा चित्र बनाए वापत दुई हजार रुपैयाँसम्म लिने गरेका छन् । जसमा पिपलको पातमा बनाइएको चित्र उपहार हुनेछ । जस्ताको त्यस्तै चित्र बनाउने निरज पढ्न पनि सिपालु छन् । उनी अहिले विज्ञान विषयमा वनस्पती शास्त्र अध्ययन गरीरहेका छन् । सादा पानामा पेन्सील दौडाएर होस वा पीपलको पात काटेर दुरुस्तै चित्र बनाउने निरजलाई कुनै दिन पढ भन्न परेन ।

    रहर मेट्नको लागि मात्रै चित्र बनाएको बताउने निरज भविष्यमा भने वनस्पती शास्त्री बन्ने सोचमा छन् । उनै प्रतिभाका धनीसँग हामीले कुराकानी गरेका छौ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.