• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

पिपलकाे पातमा काेर्छन् मान्छेकाे चित्र, आर्टमा यस्तो लगाव (भिडिओ)

  •      /३० भाद्र २०७६, सोमबार १५:४३ ,  प्रकाशीत
  • पिपलको पातमा मान्छेको आकृति । सुन्दै अचम्म लाग्ने यो प्रतिभाका धनि हुन् निरज खनाल । चितवनको पदमपुर निवासी निरज खनालले पिपलको पातमा दुरुस्तै मान्छेको आकृति बनाइदिन्छन् । अहिलेसम्म उनले बलिउड र कलिउडका चर्चित कलाकारदेखि चर्चामा रहेका विभिन्न व्यक्तिको आकृति पिपलको पातमा कोरेका छन् ।

    निरजलाई पिपलको पातमा मान्छेको आकृति बनाउन पेन्सिल र ब्लेड भए पुग्छ । पहिले पेन्सिलले कोर्छन् । त्यसपछि त्यसलाई ब्लेडले काटेर दुरुस्तै मान्छेको आकृति बनाइदिन्छन् । उनले बनाएका चित्र पृष्ठभूमि सेतो राखेर वा आकासतर्फ फर्काएर हेर्दा प्रष्ट देखिन्छन् । हेर्नुहोस् उनले पिपलको पातमा बनाएको केही चर्चित व्यक्तिहरुको चित्र ।

    उनी सामाजिक संजाल टिकटकमा भाईरल छन् । यो भिडियो तयार पार्दासम्म टिकटकमा उनलाई ८० हजार भन्दा धेरैले पछ्याईरहेका छन् । सामान्यतः पिपलको पातमा मान्छेको चित्र बनाउन उनलाई झण्डै दुई घण्टा लाग्छ । पेपरमा स्केच कोर्दै आएका निरजले रहरै रहरमा पिपलको पातमा पनि चित्र बनाउन शुरु गरेका थिए । अहिले यो व्यवसायिक समेत बन्न थालेको छ ।

    निरजले एउटा चित्र बनाए वापत दुई हजार रुपैयाँसम्म लिने गरेका छन् । जसमा पिपलको पातमा बनाइएको चित्र उपहार हुनेछ । जस्ताको त्यस्तै चित्र बनाउने निरज पढ्न पनि सिपालु छन् । उनी अहिले विज्ञान विषयमा वनस्पती शास्त्र अध्ययन गरीरहेका छन् । सादा पानामा पेन्सील दौडाएर होस वा पीपलको पात काटेर दुरुस्तै चित्र बनाउने निरजलाई कुनै दिन पढ भन्न परेन ।

    रहर मेट्नको लागि मात्रै चित्र बनाएको बताउने निरज भविष्यमा भने वनस्पती शास्त्री बन्ने सोचमा छन् । उनै प्रतिभाका धनीसँग हामीले कुराकानी गरेका छौ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.