सिप्रदीले गाडी कब्जा गर्दा ३५ बर्षिय युवाले पुलबाट हा मफालेर गु माए ज्या न (हेर्नुहोस भिडियो )
तपाईको प्रतिक्रिया





सिप्रदी ट्रेडिङ कम्पनिले लकडाउनको समयमा किस्ता नतिरेको भन्दै गाडी नियन्त्रणमा लिएपछि गाडी धनी मनहरा नदिमा हामफालेका छन् । मन्थली ३ रामेछाप घर भएका ३४ वर्षका भिम बहादुर कार्कीले मनहरा पुलबाट हाम फालेर मृ त्यु भएको प्रहरीले जानकारी दिएको छ । करीब २ वर्ष अगाडी सिप्रदी ट्रेडिङ कम्पनिबाट किस्ता तिर्ने सर्तमा गाडी किनेका थिए ।
लकडाउनको अवधिमा गाडी चलाउन नपाएका बेला उनले खानबस्नको समस्या भोगिरहेका बेला गाडी मर्मतका लागि कम्पनिमा लगेका थिएतर कम्पनिले किस्ता नतिरेको भन्दै उनको बा ५ ख २८४४ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । दुख पसिना एक गरेर किनेको गाडी थोरै किस्ता बाँकी हुँदा कम्पनिले नियन्त्रण गरेको भन्दै उनि मानसिक रुपमा बिक्षिप्त भएका थिए । काठमाडौँको जडिबुटीमा दाईको घरमा बस्न भनेर जादा उनले बिहान १० बजे मनोहरा नदिमा हामफाले।
लकडाउनको अवधिमा सरकारले किस्ता लिन बन्देज गरेको बेला उल्टै अफ्टउारोमा पारि मौकाको फाईदा उठाई कामदारहरुको तथा ब्यवसायिहरुको बिचल्ली बनाएको छ ।मजदूरको परिश्रमले मोटाएका धनी भनौदाहरुले जनताको रगत चुस्नेहरुलाई कानुनी उपचारको बाटो रोज्ने अखिल नेपाल यातायात मजदूर संघका उपाध्यक्ष दिपक केसीले चेतावनी दिएकन छन् । सरकारले मजदुर ऋणीहरुलाई ध्यान दिनु पर्ने बताए । सरकारले मजदुरहरुलाई ध्यान नदिए ठुलो क्षति हुने आकलन गरेका छन् ।