• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आमाले जब सुस्मिताले लेखेको चिट्ठी भेटाइन आखिर के लेखेको थियो (हेर्नुहोस भिडियो)

  •    हेल्लो टिभी नेपाल  /१३ असार २०७७, शनिबार ०७:४२ ,  प्रकाशीत
  • कपिलवस्तुको वाढगंगा माइती भएकी सुस्मिताको वैशाख महिनामा मात्र धुमधामसंग विवाह भएको थियो । भर्खरै वैवाहिक जिवनको रंगिन संसारमा उनी रमाउदै थिइन् । तर त्यो रमाइलो समय विताएको ६ महिना नपुग्दै सुस्मिताले आफ्नो जिवनसाथी गुमाइन् । श्रीमान वितेको पीडा बोकेर बसेकी सुस्मिताको पनि निधन भइसकेको छ । श्रीमान वितेको ६ महिना नहुँदै उनको पनि निधन भयो । उनको ह त्या भएको बताइएको छ । श्रीमानको निधन पछि माइतमा बसेकी सुस्मितालाई घर परिवारका सदस्यले बोलाएर हेटौंडा गएकी थिइन् । त्यहीं उनको निधन भएको हो । उनको शव कोठाभित्र मृत अवस्थामा फेला परेको थियो ।

    आमावुवाले त्यो अवस्था समेत हेर्न सक्ने अवस्थाको थिएन । त्यसैले आमावुवालाई तत्कालको दृष्य देखाइएन । घटना भएपछि पनि घर परिवारका सदस्यले खबर गरेका होइनन् । एक जना छिमेकीले तिम्रो छोरीले देहत्याग गरीन् भनेर फोन गरेका थिए । उनलाई त्यो कुरा विश्वास लागेन । उनले आफ्नो छोरीको शव हेर्छु भन्दा पनि हेर्न दिइएन ।

    उनलाई छोरीको ह(त्या भएको आशंका गरेकी थिइन् नभन्दै उनले गरेको शंका नै सहि निस्कियो । बुवाले भने छोरीको शव हेर्ने मौका पाए तर हेर्न सक्ने अवस्थाको थिएन । केही स्थानियले पनि सुस्मिताले देहत्याग गरेको होइन भनेर भनेको वुवाले बताएका छन् । स्थानियको कुरा र छोरीको शवको अवस्था हेर्दा नै वुवालाई ह त्या हो भन्ने निश्चयमा पुगे ।

    सुस्मिताको श्रीमानको निधन नहुँदासम्म परिवारले त्यस्तो नराम्रो ब्यवहार भने गर्ने गरेका थिएनन् । तर श्रीमानको निधन भएपछि भने तेरो कारणले मेरो दाईको निधन भयो भनेर भन्ने गरेको बताइन् । ज्वाईको निधन भएपछि परिवारको सदस्यले गरेको ब्यवहार पनि आफुले हेर्न सक्ने अवस्थाको थिएन । श्रीमान वितेर किरियामा बसेकी छोरीलाई भेट्न पनि नदिएको र लगिदिएको कपडा पनि लगाउन नदिएको उनले बताइन् । उनले दुखको बेलामा छोरीसंगै बस्न खोज्दा पनि बस्न नदिएको बताइन् ।

    सुस्मिताको परिवारका सदस्यले गरेको त्यस्तो ब्यवहारले दुस्खी भएकी उनी अहिले छोरीकै ज्यान गएपछि भने त्यो देहत्याग हो भनेर विश्वास गर्न नसक्ने बताइन् । उनले १३ दिनको काम सकेपछि पनि आफुले माइत ल्याउन नदिएर दुख दिएको बताइन् । उनले आफ्नो छोरीलाई यातना दिनकै लागि माइत आउन नदिएको उनको भनाई छ । ४५ दिन पछि पठाउँछौं भनेर भनेको भएपनि ५३ दिनसम्म पनि माइत नपठाएपछि आफुले बुवालाई छोरी लिन पठाएको बताइन् । भिडियो सहित हेर्नू होला

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.