• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

किन महादेव ताण्डव गर्छन ? के छ ताण्डव नृत्यमा रहस्य ?

  •    हेल्लो टिभी नेपाल  /१८ श्रावण २०७७, आईतवार १३:३६ ,  प्रकाशीत
  • हिन्दूधर्ममा महादेवलाई देवका पनि देवको रुपमा पूजिन्छ । महादेवको थुप्रै प्रसंगहरु धर्मशास्त्रमा आउने गर्छन् । महादेव जब क्रोधित हुन्छन् , ताण्डव नृत्य गर्न थाल्छन् भनिएको छ । यसका साथै महादेवको ताण्डव शुरु भयो भने समस्त सृष्टिको नै विनाश हुने बताइन्छ । तर क्रोधमा मात्रै ताण्डव नगरी खुशीको शुभअवसरमा पनि भोलेनाथ ताण्डव गर्थे । ताण्डवको थुप्रै स्वरुप रहेका छन् ।

    यससँग जोडिएका अनेक कथा प्रसंग पनि छन् । महादेवको ताण्डवको अर्थ र यससँग जोडिएका कथाबारे यहाँ उल्लेख गरिन्छ । महादेवको दुई स्वरुपलाई प्रमुख मानिन्छ । एक समाधी र अर्को हो ताण्डव । भगवान शिवको ताण्डवको सिलशिलामा दुई कथा विशेष चर्चित छ ।

    माता सती भगवान शिवको साथमा आफ्ना पिता दक्षले आयोजना गरेको हवनमा सहभागी हुन आएकी थिइन् । उक्त हवनमा भोलेनाथको अपमान भएको देखेर माता सतीले अग्निमा हा म्फाली आ त्मदाह गर्छिन् । यो घ टनाबाट महादेव अत्यन्तै क्रो धित हुन्छन् र रुद्र ताण्डव गर्न शुरु गर्छन् । महादेवको उक्त ताण्डवका कारण पुरै सृष्टिमा प्रलय हुने परिस्थिति उत्पन्न भएको हुन्छ ।

    कैलाश पर्वत उठाउने क्रममा हलचल हुँदा महादेवको ध्यान भंग हुन्छ । त्यहीँ झोंकमा क्रोधित बनेका महादेवले आफ्नो पञ्जा कैलाश पर्वत माथि राख्छन् । जसले गर्दा रावणको हात कैलाश पर्वत मुनी दबिन्छ र दुखाईले उनी तड्पिन थाल्छन् । यसबाट रावणमा गल्तिको महसुस हुन्छ र उनको घमण्ड पनि टुट्छ ।

    त्यसपछि रावणले भोलेनाथलाई प्रसन्न पार्न शिव ताण्डव स्त्रोत्र गाउन शुरु गर्छन् । यही संगीतको माध्यमबाट महादेवको महानताको बयान गरिएको छ । आफ्नो लागि यति सुमधुर संगीत सुनेपछि महादेव रावणसँग प्रसन्न हुन्छन् । त्यसपछि भने महादेवले कैलाश पर्वतमाथि राखेको आफ्नो पञ्जा हटाउँछन् । त्यसैले लंकेश रावणलाई शिव ताण्डवको रचयिता मानिन्छ ।

    खुशीमा पनि महादेव गर्थे ताण्डव :अधिकांश मानिसमा महादेवले क्रोधमा मात्र ताण्डव गर्थे भन्ने भ्रम हुन सक्छ । जति बेला महादेव अत्यन्त खुशी हुन्थे त्यस बेला पनि ताण्डव गर्ने गर्थे । खुशीमा शिव आनन्द ताण्डव गर्दथे । जसबाट पूरै वातावरण मनमोहक हुने गथ्र्यो । यसका साथै त्रिपुरा, संध्या, समरा, काली, उमा पनि ताण्डवकै प्रकार हुन् । जुन ताण्डव महादेवले विभिन्न अवस्थामा गर्ने गर्थे ।ताण्डव भित्र पूरै सृष्टिको सारांश समावेश भएको छ । यसले मृ त्यु, जन्म, विनाश, रचना सबैलाई दर्शाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.