लाहुरे राहुल र स्मिता गुरुङको भयो पुनर्मिलन, वडा अध्यक्ष भन्छन्, ‘बच्चाको अनुहार मिजासिलो देखिन्थ्यो’ (हेर्नुहोस भिडियो)
तपाईको प्रतिक्रिया





काठमाडौं, २३ माघ । सामाजिक संजालहरु र बिशेष गरि युट्युवमा चर्चामा रहेको गोरखाका एक दम्पती राहुल गुरुङ र उनकी श्रीमति स्मिताको पुनर्मिलन भएको छ । शुक्रबार श्रीमान श्रीमतिको रुपमा एक अर्कामा स्वीकार गर्दै गोरखाको पालुङ्टार नगरपालिका ९ को वडा कार्यालयमै पुनर्मिलन गराइएको हो ।
वडा अध्यक्ष भेषराज पाण्डेले राहुल र स्मितालाई खादा लगाइदिएर पनर्मिलन भएको घोषणा गर्दै शुभकामन दिए । करिब १० बर्षदेखि भारतीय सेनामा कार्यरत रहेका राहुलकी श्रीमति स्मिताले उनका परिवार र छोरीसेमेतलाई छाडेर सामाजिक संजालमा परीचय भएका नारायण नाम गरेका एक युवकसँग भागेकी थिइन् ।
न्यूज २४ सँग कुरा गर्दै वडा अध्यक्ष भेजराज पाण्डेले आफ्नै वडाको घटना भएकाले राहुल र स्मिताका साथै उनका दुवै तर्फको परीवारको समहततिमा आफूले उनीहरुको पुनर्मिलनका लागि सहजिकरण गरेको बताए । उनीहरूको शुक्रबार नै विवाह दर्ता भएको छ ।
अध्यक्ष पाण्डेले भन्नुभयो, ‘बिषेशगरी उहाँहरुको बच्चाका लागि पुनर्मिलन गराएको हौँ, हामीले देखाउनका लागि मात्रै की मनबाटै हो रु भनेर दुवैलाई सोध्दा दुवैबाट स्वीकारगर्न राहुल र स्मिता मन्जुर भए, त्यसपछि हामिले पुनर्मिलन गरायौँ।’
उहाँले थप्नुभयो, ‘सिक्किमबाट र राहुलका बुवा नि आउनु भएको थियो, स्मिताका माइतकी अमा नि आउनु भएको थियो, उहाँले पनि मेरो ज्वाइनै हो ज्वाइ मान्न तयार हुनुभयो, मिलनपछि उहाँहरुको बच्चाको अनुहार पनि मिजारिलो भयो।’