• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

लललिपुर क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवार राधे खड्काको जित पक्का

  •    हेल्लो टिभी नेपाल  /१ मंसिर २०७९, बिहीबार २१:२३ ,  प्रकाशीत
  • काठमाडौं । आसन्न निर्वाचनको मिति नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचार प्रसारमा व्यस्त छन् । यसैबीच ललितपुरको क्षेत्र नम्बर ३ जाउलाखेलमा जन्मिएका राधे खड्का अहिले चुनावी प्रचार प्रसारका क्रममा जुटिरहेका छन् ।

    त्रिविबाट स्नातकसम्मको अध्ययन गरेका राधेको माओवादीकी फम्फा भुसाल, राष्ट्रिय स्वतन्त्र पार्टीकी डा। तोसिमा कार्की जस्ता बहुचर्चित उम्मेदवारहरुसँग प्रतिस्पर्धामा छन् । छत्रे टोपी चुनाव चिन्ह लिएर मैदानमा उत्रिएका राधे त्यस्ता उम्मेदवार हुन् जोसँग सामाजिक यात्राको लामो इतिहाँस छ ।

    उनी आफ्ना प्रतिस्पर्धीहरुसँग आफ्नो जस्तो कामको कुनै अनुभव नभएको आरोप लगाउँछन् । भन्छन्, ‘पम्फा जी हिंसाको क्षेत्रबाट आउनुभयो । म अहिंसाको क्षेत्रमा काम गरिरहेको छु । अर्का उम्मेद्धवार स्वतन्त्र भनेर स्वतन्त्र ब्यक्ति बनेर मतदाताहरुलाई नै झुक्याउने काम भइरहेको छ । स्वास्थ्यकर्मीहरुले स्वास्थ्यकै क्षेत्रमा अब्बल काम गर्नुपथ्र्यो । राजनीतिमा आउन जरुरी थिएन ।’

    सामाजिक कर्मबाट सहयोगको यात्रा सुरुवात गरेका राधे खड्का समाजका लागि निकै उदाहरणीय र अति आवश्यक ब्यक्ति हुन् । परोपकारी काम भनेपछि मरिहत्ते गर्ने राधे निश्वार्थ भावनका धनी र प्रेरणादायी ब्यक्ति हुन् । राजनीतिमा आउनुपूर्व सामाजिक कर्मले नै समाज परिवर्तन गर्न सकिन्छ भन्थे उनी । तर, राजनीति बलियो र स्थायी नभएसम्म समाजका कुनै पनि नीतिहरु परिवर्तन हुन नसक्ने ठहर गर्दै उनी अहिले ललितपुर–३ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् ।

    परोपकारी काम भनेपछि मरिहत्ते गर्ने राधे निश्वार्थ भावनका धनी र प्रेरणादायी ब्यक्ति भएको उनलाई चिन्ने ललितपुरकै रमा केसी बताउँछिन् । भन्छिन्रा, ‘राधेजी निस्वार्थ भावनाले जनहितका लागि काम गर्ने एउटा उदाहरण हो । समाजमा उहाँ जस्तै धेरै मानिसहरु हुने भए कसैलाई अप्ठ्यारो पर्ने थिएन ।’

    ललितपुरमा उनी कसैलाई हराउने भन्दा पनि ललितपुरलाई विजय गराउने अभियानमा लागेका एक इमान्दार कर्मठ र देशलाई माया गर्ने ब्यक्ति हुन् । उम्मेदवार बन्नुअघि करिब डेढ दशकदेखि समाजिक काममा सक्रिय राधेले स्थापना गरेको कपडा बैँक अहिले देशका २ सय भन्दा बढी स्थानमा फैलिएको छ । उनले कोरोनाको समयमा करिब २ वर्ष देशका विभिन्न स्थानमा खाना नपाएका, गरिबीका कारण भोकभोकै हिँड्न बाध्य भएकाहरुलाई निःशुल्क खाना वितरण गरे ।

    त्योपनि आफ्नो ज्यान नै जोखिममा पारेर । उनी फूड बैँकका संस्थापक मात्रै होइनन् अक्सिजन बैँक र औषधि बैँकको स्थापना गरेर निःशुल्क वितरण समेत गरे । उनको योगदाको सूची यतिमा मात्रै टुंगिदैन । राधेले नवजीवन परोपकार समाजमा पनि अतुलनीय योगदान गरेका छन् ।

    नवजीवन परोपकार समाजको ब्यवस्थापन गरेर जीवन बिर्सिएकाहरुलाई जीवन दानमा पनि उनको ठूलो भूमिका छ । यसले सडक मानव मुक्ति तथा सडक पशु मुक्तिका लागि काम गर्छ । अहिंसा तथा दूब्र्यशन मुक्त व्यक्तिहरु राजनीतिमा आउनुपर्ने कुरामा जोड दिँदै आएका उनी भन्छन्, ‘न जिन्दावाद, न मुर्दावाद सबैलाई धन्यवाद ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.