गुमनाम गाईका बिष्णु माझिको ‘आइनँ आमा ‘ बोलको तिजको गीतले तहल्का मच्चायो
तपाईको प्रतिक्रिया





दर्शकबिन हरितालिका तिज नजिकिएसँगै हाम्रा नेपालि गायिकाहरुले थुप्रै गीताहरु सार्वजानिक गरिसकेका छन्। कतिपय गितले विकृत फैलाएको छ भने कति पय गीतले भाबुक बनाएको छ। त्यसै मध्येको एक आइनँ आमा…’ बोलको तिजको गित सार्वजानिक भए संगै अहिले भईरल भईरहेको छ।
स्याङजा जिल्लाको चापाकोट भने स्थानमा जन्म लिएकी बिष्णु माझी लाई नचिने सायद कमै होलान। नेपालिहरुको हरितालिका तिज नजिकिदै आए संगै बिष्णु माझि को खोजि हुन्छ। माझी त्यस्तो गाईका हुन् जसलाई ‘गुमनाम सुपरस्टार’ भनेर पनि चिन्न सकिन्छन।
तीज नजिकिएसँगै सामाजिक संजालमा एउटा भनाइ चर्चामा हुन्छ- ‘जबसम्म विष्णु माझीको गीत आउँदैन तबसम्म तीज लागेको महसुस हुँदैन ।
लामो समयदेखि आफूलाई सार्वजनिक जीवनबाट लुकाउँदै आएकी गायिका माझीले शनिबार बिहान युट्युबमा ‘आइनँ आमा…’ बोलको गीत सार्वजानिक गरेकी छिन। यस गीतमा माझीकाे एकल स्वर छ। हरेक सालको तीजमा उनले सार्वजानिक गरेको गितमा जस्तै यस गीतमा पनि उनले महिलाको वेदना र पीडा दर्शाएकि छिन।
ठीक ११ महिनापछि माझीले आफ्नै श्रीमान सुन्दरमणी अधिकारीको शब्द तथा संगीत मा आइनँ आमा…’ बोलको गित शनिवार सर्वजानिक गरेकी हुन्। यो गीतलाई उनको ‘पुतलीको भट्टी भाग २०’को श्रृंखलाको रुपमा चिनाइएको छ ।
गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्। गीतको भिडियोलाई सुन्दरमणिले नै निर्देशन गरेका हुन् । मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन्।’पुतलीको भट्टी-भाग २०’ पनि विष्णु माझीको आफ्नै सपना म्युजिक इन्ड्रष्टिजको युट्युबमा गीत सार्वजनिक छ।
पछिल्लो समयका तीज गीतमा विकृति मिसिएको चर्चाबीच माझीले महिला र परिवारको वेदनामाथि आधारित रहेर गीत ल्याएकी हुन् ।