• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सनवे कलेजमा एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति

  •    हेल्लो टिभी नेपाल  /६ फाल्गुन २०८१, मंगलवार १३:४३ ,  प्रकाशीत
  • काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ ।कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स संचालन गरेको हो
    आजको युगमा विश्वव्यापीकरण भएको अङ्ग्रेजी भाषामा प्रवीणता देखाउने र आफ्नो शिक्षालाई अगाडि बढाउन खोजिरहेका विद्यार्थीहरूलाई सहयोग तथा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) छात्रवृत्ति घोषणा गरेको कलेजले जनाएको छ । छात्रवृत्तिका माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै आफ्नो डिग्री हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास समेत कलेजले लिएको छ ।

    कलेजले छात्रवृत्तिमा छनौट हुन आवेदकहरूले विगत दुई वर्ष भित्र आईईएलटीएस परीक्षा लिई पास गरेको हुनुपर्ने जनाएको छ । यस्तै स्कोरका आधारमा छात्रवृत्ति पाइने भएकाले नतिजाको प्रमाण पनि उपलब्ध गराउनुपर्नेछ ।सनवे कलजेले ४ वर्षे डिग्री क्रममा विध्यार्थीहरुलाई १ वर्ष प्लेसमेन्ट उपल्बध गराउँदै आएको छ । जसमा विध्यार्थीहरुले १ वर्ष प्लेसमेन्ट बापत १२० के्रडिट प्राप्त गर्दछन ।

    प्लेसमेन्टको लागि कलेजले नेपालमा आईटी र एआईमा काम गर्ने ५० भन्दा बढी कम्पनीहरु संग सम्झौता गरेको छ । विध्यार्थीहरुको दक्षता र विचारहरुलाई इन्क्युबेट गर्ने तथा स्टार्टअप कोष को व्यवस्था पनि उपलब्ध गराएको छ । यसले स्वदेशमा पढ्ने मात्र हैन काम गर्ने अवसर पनि विद्यार्थी माझ पुर्याउने कार्य गर्ने भएको छ ।

    यसको लागी कलेज भित्र एआई ल्याब, आईओटी ल्याब, इनोभेसन एण्ड इन्क्युबेशन सेन्टर को पनी उचित व्यवस्था रहेको प्रिन्सिपल खुशल रेग्मीले बताउनु भएको छ ।
    कलेजका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको आईईएलटीएस स्कोरमा आधारित हुनेछ ।

    आईईएलटीएस ६ स्कोर भएका विद्यार्थीहरूका लागि ३० प्रतिशत स्कलरसीप, आईईएलटीएस ६.५ स्कोर भएका विद्यार्थीहरूका लागि ४० प्रतिशत स्कलरसीप, आईईएलटीएस ७ स्कोरलाई ५० प्रतिशत, आईईएलटीएस ७.५ स्कोर भएकाहरू लागि ६० प्रतिशत, आईईएलटीएस ८ स्कोरलाई ७० प्रतिशत, आईईएलटीएस ८.५ स्कोर भएका विद्यार्थीका लागि ८० प्रतिशत र आईईएलटीएस ९ भएका विद्यार्थीहरूका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति कलेजको ट्युसन शुल्कमा लागु हुने कलेजले जनाएको छ ।योग्यता आवश्यकता र आवेदन प्रक्रियासहित यो छात्रवृतिबारे थप जानकारी कलेजको वेबसाइटमा राखिएको जनाएको छ । छात्रवृत्तिमा आवेदन दिने अन्तिम मिती २०२५ मार्च ७ सम्म रहेको छ ।

    एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्तिमा आवेदन दिनका लागि यो लिंकमा किलिक गर्न सक्ने छन्

    Home

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.