• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

सनवे कलेजमा एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति

  •    हेल्लो टिभी नेपाल  /६ फाल्गुन २०८१, मंगलवार १३:४३ ,  प्रकाशीत
  • काठमाण्डौको मैतीदेवीमा रहेको सनवे कलेजले एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्ति कार्यक्रम यो वर्ष पनि घोषणा गरेको छ ।कलेजले बर्मिङ्घम सिटी युनिभर्सिटी, युकेसँगको साझेदारीमा ४ वर्षे कम्प्युटर विज्ञानमा आर्टिफिसियल इन्टेलिजेन्स संचालन गरेको हो
    आजको युगमा विश्वव्यापीकरण भएको अङ्ग्रेजी भाषामा प्रवीणता देखाउने र आफ्नो शिक्षालाई अगाडि बढाउन खोजिरहेका विद्यार्थीहरूलाई सहयोग तथा प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय अङ्ग्रेजी भाषा परीक्षण प्रणाली (आईईएलटीएस) छात्रवृत्ति घोषणा गरेको कलेजले जनाएको छ । छात्रवृत्तिका माध्यमबाट विद्यार्थीहरूलाई स्वदेशमै आफ्नो डिग्री हासिल गर्न प्रोत्साहन मिल्ने विश्वास समेत कलेजले लिएको छ ।

    कलेजले छात्रवृत्तिमा छनौट हुन आवेदकहरूले विगत दुई वर्ष भित्र आईईएलटीएस परीक्षा लिई पास गरेको हुनुपर्ने जनाएको छ । यस्तै स्कोरका आधारमा छात्रवृत्ति पाइने भएकाले नतिजाको प्रमाण पनि उपलब्ध गराउनुपर्नेछ ।सनवे कलजेले ४ वर्षे डिग्री क्रममा विध्यार्थीहरुलाई १ वर्ष प्लेसमेन्ट उपल्बध गराउँदै आएको छ । जसमा विध्यार्थीहरुले १ वर्ष प्लेसमेन्ट बापत १२० के्रडिट प्राप्त गर्दछन ।

    प्लेसमेन्टको लागि कलेजले नेपालमा आईटी र एआईमा काम गर्ने ५० भन्दा बढी कम्पनीहरु संग सम्झौता गरेको छ । विध्यार्थीहरुको दक्षता र विचारहरुलाई इन्क्युबेट गर्ने तथा स्टार्टअप कोष को व्यवस्था पनि उपलब्ध गराएको छ । यसले स्वदेशमा पढ्ने मात्र हैन काम गर्ने अवसर पनि विद्यार्थी माझ पुर्याउने कार्य गर्ने भएको छ ।

    यसको लागी कलेज भित्र एआई ल्याब, आईओटी ल्याब, इनोभेसन एण्ड इन्क्युबेशन सेन्टर को पनी उचित व्यवस्था रहेको प्रिन्सिपल खुशल रेग्मीले बताउनु भएको छ ।
    कलेजका अनुसार, छात्रवृत्ति रकम विद्यार्थीको आईईएलटीएस स्कोरमा आधारित हुनेछ ।

    आईईएलटीएस ६ स्कोर भएका विद्यार्थीहरूका लागि ३० प्रतिशत स्कलरसीप, आईईएलटीएस ६.५ स्कोर भएका विद्यार्थीहरूका लागि ४० प्रतिशत स्कलरसीप, आईईएलटीएस ७ स्कोरलाई ५० प्रतिशत, आईईएलटीएस ७.५ स्कोर भएकाहरू लागि ६० प्रतिशत, आईईएलटीएस ८ स्कोरलाई ७० प्रतिशत, आईईएलटीएस ८.५ स्कोर भएका विद्यार्थीका लागि ८० प्रतिशत र आईईएलटीएस ९ भएका विद्यार्थीहरूका लागि १०० प्रतिशत छात्रवृत्ति प्रदान गरिनेछ । छात्रवृत्ति कलेजको ट्युसन शुल्कमा लागु हुने कलेजले जनाएको छ ।योग्यता आवश्यकता र आवेदन प्रक्रियासहित यो छात्रवृतिबारे थप जानकारी कलेजको वेबसाइटमा राखिएको जनाएको छ । छात्रवृत्तिमा आवेदन दिने अन्तिम मिती २०२५ मार्च ७ सम्म रहेको छ ।

    एआई पढ्न ’आइइएलटिएस’ छात्रवृत्तिमा आवेदन दिनका लागि यो लिंकमा किलिक गर्न सक्ने छन्

    Home

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.