• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

गायक राजन भुजेल बिश्वकर्माको “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक

  •    हेल्लो टिभी नेपाल  /१७ फाल्गुन २०८१, शनिबार २१:०४ ,  प्रकाशीत
  • काठमाडौं। नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। सोही क्रममा चर्चित गायक राजन भुजेल बिश्वकर्माको सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” सार्वजनिक भएको छ।

     

    यस गीतमा जातिय कारण प्रेम असफल भएको र सानो जात भएर ज्यान गुमाउन परेको कुरालाई समेटिएको छ। साथै नवराज बिक लगायत दलित समुदायका प्रेमीहरुले यातना भोग्नु परेको कुरा र मानिसहरु सबैको रगत रातो नै हुन्छ अनी सती प्रथा अन्त्य भयो र जाती प्रथा अन्त्य भएन भन्ने कुरालाई मुख्य बिषय बस्तु बनाईएको छ।

     

    २१ औं शताब्दीमा पनि मानव मानव बिच भेदभाब कायमै छ। यही कुरालाई मध्यनजर गर्दै सन्देशमुलक गीत “मेरो जस्तो रगत छैन र ?” गीत सार्वजनिक गरिएको कुरा गायक राजन भुजेल बिश्वकर्माले बताए।

     

    यस गीतमा राजन भुजेल बिश्वकर्मा र भाईरल रञ्जिता बिकको स्वर रहेको छ भने राजन भजेल बिश्वकर्माको शब्द र मौलिक भाका रहेको छ। यस गीतको भिडियोमा सुनिल बिकको निर्देशन, रोशन बिश्वकर्माको सह निर्देशन, बुद्ध थापाको छायांकन, प्रबिन भट्टको सम्पादन रहेको छ।

     

    उक्त गीतको भिडियोमा देबेन्द्र बब्लु, जुना गुरुङ, गणेश उपाध्याय आदीको अभिनय रहेको छ। यस गीतलाई गलेश्वर म्युजिक प्रा.लि.को युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    ताजा अपडेट
    भोटेकोशी बाढी प्रभावितका लागि एबीसी सोप एण्ड केमिकल्स हाउसद्वारा १ लाख ६७ हजार ७१७ रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण
    बाढीपीडितका लागि सिटिजन लाइफका लिडर्सको राहत सहयोग
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.