• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि

  •    हेल्लो टिभी नेपाल  /१७ माघ २०८२, शुक्रबार ०९:३५ ,  प्रकाशीत
  • प्रहरी महानिरीक्षक (आईजिपी) दान बहादुर कार्कीको निरन्तर प्रयासपछि सरकारले नेपाल प्रहरीको राशन स्केल बृद्धि गर्ने निर्णय गरेको छ । आईजिपी कार्कीले गत भदौ २७ गते दर्ज्यानी चिन्ह समारोहमा जनाएको प्रतिबद्धता माघ १५ गते बसेको मन्त्रिपरिषद्को निर्णय मार्फत सार्थक बनेको हो ।
    लामो समयदेखि अन्य सुरक्षा निकायको तुलनामा नेपाल प्रहरीको राशन स्केलमा भेदभाव रहँदै आएको थियो । आईजिपीमा नियुक्ति भएदेखि नै दान बहादुर कार्कीले यस असमानता हटाउन निरन्तर प्रयास गर्दै आएका थिए । आजको निर्णयसँगै नेपाल प्रहरीले फागुन १ गतेबाट अन्य सुरक्षा निकायले प्राप्त गर्ने स्केल बराबरीको राशन सुविधा पाउने भएको छ ।
    यस निर्णयलाई प्रहरी कर्मचारीको मनोबल बढाउने, संगठनको पेशागत विकास सुनिश्चित गर्ने र सुरक्षा निकायमा समानता कायम गर्ने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ ।
    दान बहादुर कार्की प्रहरी महानिरीक्षकमा नियुक्ति भएदेखि नेपाल प्रहरीमा विभिन्न सुधारका कार्यक्रमहरु अगाडी बढाएका छन । उनी नेपाल प्रहरीको सेवा प्रवाहको स्तर र प्रहरी कर्मचारीहरुको मनोबल बढाउन निरन्तर सक्रिय रहँदै आएको देख्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    ताजा अपडेट
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल
    उज्यालो नेपाल पार्टीबाट काठमाण्डौ क्षेत्र २ बाट सफल व्यवसायी बरिष्ठ नेता पवन पोखरेलको उम्मेदवारि
    आईजिपी दान बहादुर कार्कीको प्रयासपछि नेपाल प्रहरीको राशन स्केल बृद्धि
    चर्चित गायिका सिता राना मगरको तीज बिशेष गीत “आहा मेरो राजै” सार्वजनिक

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.