• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल

  •    हेल्लो टिभी नेपाल  /१९ श्रावण २०८३, मंगलवार १८:०० ,  प्रकाशीत
  • कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजले वर्तमान संवेदनशील परिस्थितिमा सम्पूर्ण नागरिकलाई संयमता अपनाउन, सामाजिक सद्भाव कायम राख्न तथा कानुनी र नैतिक सीमाभित्र रहेर आफ्ना धारणा व्यक्त गर्न आग्रह गर्नुभएको छ।

    उहाँले जारी गर्नुभएको अपिलमा अहिले भावनामा बगेर होइन, बुद्धि, विवेक र धैर्यका साथ अघि बढ्नुपर्ने उल्लेख गर्दै कसैको एउटा सानो गल्तीले वर्षौँदेखि कायम रहेको सामाजिक सद्भाव खलबलिन सक्ने बताउनुभएको छ। सनातन धर्मले अन्यायको प्रतिकार गर्न सिकाए पनि घृणा फैलाउन नशिकाउने उल्लेख गर्दै धर्मको रक्षा हिंसाले नभई धर्माचरणबाट हुने उहाँको भनाइ छ।

    महाराजले नेपाल भगवान् गौतम बुद्धले शान्ति, करुणा र अहिंसाको सन्देश दिएको भूमि भएकाले विविधताबीचको एकता, धार्मिक सहिष्णुता र सामाजिक सद्भावको पहिचानलाई जोगाउन सबैले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ। साथै, अफवाह, उत्तेजना र क्षणिक आवेगका आधारमा कुनै पनि गतिविधिमा संलग्न नहुन उहाँले नागरिकलाई आग्रह गर्नुभएको छ।

    उहाँले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न नेपाल सरकारसँग माग गर्नुभएको छ। दोषी जोसुकै भए पनि कानुनअनुसार कडा कारबाही गर्नुपर्ने उहाँको भनाइ छ। साथै, सुरक्षा निकायलाई बल प्रयोगलाई पहिलो विकल्प नबनाई संयमता, संवाद, धैर्यता र मानवीय संवेदनशीलतालाई प्राथमिकतामा राखेर परिस्थितिको व्यवस्थापन गर्न आग्रह गर्नुभएको छ।

    यस्तै, वर्तमान अवस्था एकअर्कामाथि आरोप–प्रत्यारोप गर्ने वा “यो धार” र “त्यो धार”, “यो समुदाय” र “त्यो समुदाय” भनेर विभाजनकारी अभिव्यक्ति दिने समय नभएको उल्लेख गर्दै उहाँले सबै राजनीतिक दल, धार्मिक अगुवा, सामाजिक अभियन्ता, बुद्धिजीवी, युवा तथा आम नागरिकलाई शान्ति स्थापना र सामाजिक सद्भाव कायम गर्ने अभियानमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ।

    सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई पनि सत्य र पुष्टि भएका तथ्यमा आधारित समाचार तथा सामग्री मात्र सम्प्रेषण गर्न आग्रह गर्दै सनसनीपूर्ण शीर्षक, अपुष्ट सूचना वा भावनालाई भड्काउने सामग्रीले समाजमा थप तनाव सिर्जना गर्न सक्ने भएकाले त्यस्ता गतिविधिबाट बच्न उहाँले अनुरोध गर्नुभएको छ।

    अन्त्यमा महाराजले सम्पूर्ण देशवासीलाई अफवाहको पछि नलाग्न, उत्तेजनाको सिकार नबन्न र प्रतिशोधको बाटो नअपनाउन आग्रह गर्दै शान्ति, न्याय, संवाद, करुणा र राष्ट्रिय एकतामार्फत मात्र समाज, धर्म र राष्ट्रको संरक्षण सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    ताजा अपडेट
    लाहुरे फर्किएपछि “लाहुरेनीको मस्ती” शान्तिश्रीस मगरको तीज गीत सार्वजनिक:
    पूर्व प्रहरी कर्मचारी परिषद् र केएमसीबीच सम्झौता
    कोटीहोमका संकल्पकर्ता विजय कृष्ण मूर्ति महाराजद्वारा संयमता र सामाजिक सद्भाव कायम गर्न अपिल
    टिकटकमा मासु काटेको भिडियो बनाएर भाईरल मिलन सुनुवारको कथा
    म माथिको आरोप प्रमाणित भए राजनीतिबाट बिदा लिन्छु जगदिश खरेल

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.