• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

को रोना उपचारमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि घरबेटीले दुर्व्यवहार गरे कडा कारबाही

  •    हेल्लो टिभी नेपाल  /६ जेष्ठ २०७७, मंगलवार ०७:५७ ,  प्रकाशीत
  • काठमाडौं, जेठ ६( गृह मन्त्रालयले कोरोना भाइरस उपचारको अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि दुर्व्यवहार भए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

    गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई पछिल्लो समय कोरोनाको उपचारमा खटिने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मी र सुरक्षा तथा उद्धारमा खटिएका सुरक्षाकर्मी जो भाडामा बस्छन्, उनीहरूमाथि घरधनीको दुर्व्यवहारहुने गरेको पाइएको भन्दै यस्तो देखिए कडा कारबाही गर्न निर्देशन दिएको हो ।

    मन्त्रालयले जिम्मेवारी पूरा गर्दै अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, दुर्व्यवहारगर्ने र कानुनविपरीत काम गरी मनोबल गिराउने गरिएको पाइए कानुनबमोजिम कडा कारबाही गर्न निर्देशन दिएको हो ।

    ‘स्थानीय स्तरका केही व्यक्तिबाट स्वास्थ्य सुरक्षा सतर्कताको नाममा बाटो बन्द गर्ने, टोलमा प्रवेश निषेध गर्ने, आवागमनमा बाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिलाई विनाकारण निकाल्नेलगायत अमानवीय कामप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले भने, ‘संक्रमण रोग ऐन २०२० को दफा २ बमोजिम जारी गरेको यस आदेशको कार्यान्वयन गर्न सरकारले देशभरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको छ, जारी आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने कानुनबमोजिम सजाय हुने प्रावधान रहेकाले मन्त्रालयको अनुरोधको अटेरी वा बेवास्ता गरी अवाञ्छित गतिविधिमा संग्लनलाई कानुनबमोजिम हदैसम्मको सजाय हुनेछ ।’ यो समाचार आजको नागरिक दैनिकमा छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.