• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

अस्पतालको आइसोलेशनमा रहेका २२ वर्षे युवकको मृत्यु

  •    हेल्लो टिभी नेपाल  /६ जेष्ठ २०७७, मंगलवार ०८:०४ ,  प्रकाशीत
  • रोल्पा अस्पतालको आइसोलेशनमा रहेका एक युवकको ज्यान गएको छ । ज्यान जानेमा रोल्पा नगरपालिका–१ का २२ वर्षे युवक रहेका छन् । उनको सोमबार दिउँसो ज्यान गएको बताइएको छ । उनले काठमाडौंमा मृगौलाको डायलसिस गराइरहेका थिए । उनी गए आइतबार बेलुकी मात्रै रोल्पा पुगेर अस्पतालको आइसोलेशनमा बसेका थिए । युवकको नमुना संकलन गरी परीक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाइएको रोल्पा अस्पतालका प्रमुख डा। धनमाया घर्तीले बताए ।

    त्यस्तै नेपालमा एकैदिन ८० जनामा कोरोनाको पुष्टि भएको छ । सोमबार राति थप १८ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएसँगै एकै दिन ८० जना कोरोना संक्रमित बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं, वी।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस भेरी अस्पताल, नेपालगंज, कोशी अस्पताल, बिराटनगरमा गरिएको परिक्षणबाट थप १८ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि हुँदा नयाँ संक्रमितहरु धनुषा निवासी २ जना पुरुष, खोटाङ हलेसी निवासी १ जना पुरुष, बाँक नरैनापुर निवासी १२ जना पुरुषहरू, दैलेख, आटबिस १ निवासी १ जना पुरुष, सुनसरी निवासी १ जना पुरुष र झापा निवासी १ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यससँगै अहिलेसम्म कर्णाली प्रदेशमा प्रवेश नपाएको कोरोनाले सोमबार प्रवेश पाएको छ ।

    सोमबार थपिएका १८ मध्ये एक जना कर्णाली प्रदेशमा पनि रहेका छन्। यस सँगै नेपालका सातै प्रदेशमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ भने संक्रमितको संख्या ३७५ पुगेको छ । जसमध्ये २ जनाको निधन भएको छ भने ३६ जना निको भएर घर फर्केर आराम गरिरहेका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.