• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

मिर्गौला जोगाउन के गर्ने? वरिष्ठ मिर्गौला रोग विशेषज्ञको सुझाव यस्ता छन्

  •    हेल्लो टिभी नेपाल  /७ जेष्ठ २०७७, बुधबार ०७:०४ ,  प्रकाशीत
  • मिर्गौला मानव शरीरको संवेदनशील अङ्ग हो। यसको मुख्य काम हाम्रो शरीरभित्रका अनावश्यक पदार्थलाई पिसाब मार्फत बाहिर फाल्ने हो। यसले शरीरमा रगतको मात्रालाई समेत सन्तुलनमा राख्ने, शरीरमा रगत बनाउने हुँदा मिर्गौला महत्वपूर्ण अङ्गको रुपमा रहेको छ। बदलिँदो जीवनशैली, खानपान, मोटोपनले गर्दा पछिल्लो समयमा युवा अवस्थामानै मिर्गौला रोग देखा पर्न थालेको छ।

    नेपालमा वर्षेनी मिर्गौला रोगीको संख्या बढिरहेको छ। नेपालमा मिर्गौला रोगबाट पीडित कति छन् भन्ने यकीन तथ्याङक नभए पनि करिब ३० लाख मानिसमा मिर्गौला सम्बन्धी केही न केही रोग भएको अनुमान छ। ३० लाखमध्ये ३ लाख मानिसलाई मिर्गौलाको गम्भीर खालको समस्या छ र करिब ३० हजारको मिर्गौला पुरै बिग्रिएको छ। त्यसमध्ये ३ हजारको प्रत्यारोपण गर्नुपर्ने अथवा नियमित रुपमा डायलासिस गर्नुपर्ने अवस्था छ। सरकारले डायलासिस गर्नुपर्ने मिर्गौलारोगीलाई निस् शुल्क डायलासिस गर्ने व्यवस्था गरे पनि मिर्गौला रोगीको संख्या बढिरहेका छन्। विरामीलाई रोग लागि सकेपछि उपचार भन्दा पनि मिर्गौला रोग लाग्नबाट सचेत बनाउन यो रोग लाग्ने कारण र बच्ने उपाय बारे मानिसलाई सचेत गराउनु आवश्यक छ।

    खाडीमा काम गर्ने युवामा मिर्गौलाको धेरै समस्या पछिल्लो समयमा युवाहरुमा मिर्गौलाको समस्या देखिनुको प्रमुख कारण वैदेशिक रोजगारी पनि प्रमुख हो। वैदेशिक रोजगारीको सिलसिलामा गएका करिब २० लाख नेपाली युवाहरुमध्ये १० प्रतिशत अर्थात २ लाख युवाहरुमा कुनै न कुनै किसिमको मिर्गौलाको समस्या छ। दुई लाखको १० प्रतिशत अर्थात २० हजार मानिसको मिर्गौला बिग्रिएको छ। २० हजारको १० प्रतिशत अर्थात २ हजारको मिर्गौला पूर्ण रुपमा बिग्रिएको छ र २ सय मानिसहरुको प्रत्येक बर्ष मिर्गौला फेल हुने गरेको छ। अर्थात खाडी गएर आएका युवामध्ये प्रत्येक दिन एक जना मानिसको मिर्गौला फेल हुने गर्छ।

    आरामको कमी, जोखिमयुक्त काम, खानपानको कमीले गर्दा खाडी मुलुकमा काम गर्न जाने युवाहरुको मिर्गौलामा अत्यधिक समस्या देखिन थालेको छ। लामो समय सम्म चर्को घाममा काम गर्नु पर्ने बाध्यता नै वैदेशिक रोजगारीमा जाने युवाहरुमा मिर्गौला रोग लाग्ने प्रमुख कारण हो। मृगौला रोगको लक्षणहरु शरीर सुन्निने, पिसाब रातो हुने, पिसाब धेरै लाग्ने तर पिसाब कम हुने खानामा रुची कम हुने, वाक वाक लाग्ने। शरीरमा रगत कम भएर शरीर सेतो हुने। शरीरको छाला गाढा कालो भएर जाने। सास फेर्न गाह्रो हुने, छाती दुख्ने।​यसरी बचाउन सकिन्छ मिर्गौला उच्च रक्तचाप, मधुमेह, अव्यवस्थित खानपान र जीवनशैली मिर्गौला रोग लाग्ने मुख्य कारण भएकाले मधुमेह, उच्चरक्त चाप, घर परिवारमा आफन्तलाई मिर्गौला रोग भएकाहरुले आफ्नो जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ। मिर्गौला रोग लागेपछि उपचार गर्नु भन्दा रोगबाटै बच्न आफ्नो जीवनशैली, खानपानमा विशेष दिनुपर्छ। सकेसम्म बर्षमा एक पटक रगत अथवा पिसाबको चेक गरी मिर्गौला परीक्षण गर्नुपर्छ।

    हरेक मान्छेले आफ्नो जन्मदिनको अवसरमा वर्षमा एक पटक रगतको जाच गरी रगतमा क्रियाटिनको मात्रा ठीक अवस्थामा छ कि छैन हेर्नुपर्छ। यसबाहेक आफ्नो दैनिक जीवनशैलीलाई व्यस्थित बनाउनुपर्छ। स्वस्थ राख्न हरेक दिन एकै समयमा सुत्ने र एकै समयमा उठ्ने गर्नुपर्छ। नियमित शारीरिक अभ्यास अर्थात व्यायाम गर्नुपर्छ। खेलकुद, योग जस्ता क्रियाकलापले शरीर सक्रिय राख्छ। प्राय मानिसहरु खाना खाएपछि सुतिहाल्ने गर्छन्। यस्तो बानी स्वास्थ्यका हिसाबले उपयुक्त हुदैन। त्यसैले हरेक दिन बेलुका खाना खाएको आधा घन्टापछि घरभित्रै भएपनि १५ मिनेट हिँड्नु उपयुक्त हुन्छ।

    धेरैले विहान उठ्ने बित्तिकै दूध हालेको चिया खाने गर्छन्। यसले हाम्रो शरीरलाई फाइदा गर्दैन। यसको सट्टा हरेक दिन बिहान उठ्ने बित्तिकै एक गिलास मनतातो पानी खानु राम्रो हुन्छ। दिउँसो पनि धेरै पानी पिउनुपर्छ। दिनमा कम्तीमा दुई लिटर पिसाब फेर्ने गरी पानी वा झोल पदार्थ खानुपर्छ। पछिल्लो समयमा युवा अवस्थामा नै मिर्गौला बिग्रनुको प्रमुख कारण पानी कम खाने, जङ्क फुडहरु धेरै खानाले हो। त्यसैले दैनिक दुई लिटर जति पानी खानैपर्छ। यस्तै ३० बर्ष उमेर काटेकाहरु, मोटोपन भएकाहरुले आफ्नो खानपानमा विशेष ध्यान दिनुपर्छ। मासु,च्याउ र गेडागुडी कम खानुपर्छ। अझ रातो मासु, धेरै चिल्लो भएको र भुटेको खाने कुरा खानु हुँदैन। आफुखुशी पेन किलरहरु लामो समयसम्म खानाले पनि मिर्गौलामा समस्या देखिने भएकाले दुखाइ कम गर्नको लागि भन्दै आफुखुशी पेन किलरहरु खानु हुदैन।

    बर्षमा एक पटक मिर्गौला जचाऔँ जस्तोसुकै शारीरिक अभ्यास गरेपनि र खानपीनमा ध्यान दिएपनि वर्षमा एक पटक मिर्गौला जाँच गराउनुपर्छ। मेरो मिर्गौला स्वस्थ छ कि छैन भन्ने थाहा पाउन बर्षमा एक पटक मिर्गौलाको परीक्षण गर्नुपर्छ। रगतमा क्रियाटिनन र पिसाबमा एलोमिन जाच्नुपर्छ। मिर्गौलामा रोग लागेको लक्षण थाहा हुँदैन। मानिसहरु मिर्गौलाको समस्याले धेरै नै गालेपछि सुत्न, खान र दैनिक क्रियाकलाप गर्न नसक्ने भएपछि मात्र अस्पतालमा देखाउन आउँछन्। यस्तो अवस्थामा मिर्गौलाको उपचार गर्न ढिलो हुन्छ र मिर्गौला धेरै बिग्रिसकेको हुनसक्छ। बदलिँदो जीवनशैलीका कारण हामी आफैले मिर्गौलाको समस्या हुने जोखिम निम्त्याइरहेका छौं। मिर्गौलामा रोग लागेको लक्षण थाहा हुँदैन।

    सुरुमा नै मिर्गौला रोग पत्ता लागेमा समस्याबाट मुक्त हुन सकिन्छ। विरामी धेरै नै अशक्त भएर अस्पताल आउने हुँदा यस्तो अवस्थाका बिरामीलाई कि डाइलाइसिस गर्नुपर्छ या मिर्गौला नै प्रत्यारोपण गर्नुपर्छ। यी दुई कुरामध्ये एक गर्न सकेनौं भने विरामीको मृत्यु हुन जान्छ। त्यसैले यो डरलाग्दो स्थितिमा नपुग्नको लागि मानिसले समयमानै ध्यान दिनुपर्छ। त्यसकारण मानिसले मलाई मिर्गौला रोग छ छैन भन्नुभन्दा पनि मेरो मिर्गौला स्वस्थ छ छैन भनेर बर्षको एक पटक रगत जाँच गराउनुपर्छ।

    ३० वर्ष पार गरेका मानिस वा परिवारमा कसैलाई मिर्गौला रोग भएकालाई यो रोग देखिन सक्छ। धेरै मोटो, उच्च रक्तचाप भएमा र लामो समयसम्म कुनै रोगको औषधी सेवन गरेको मानिसलाई पनि मिर्गौलामा समस्या देखिन सक्ने भएकाले स्वस्थ मिर्गौलाको लागि स्वस्थ जीवनशैली अपनाउनपर्छ। हाम्रो मिर्गौलाको स्वास्थ्य हाम्रै जीवनशैलीमा भर पर्ने भएकाले जीवनशैली स्वस्थ भएन भने भने मिर्गौला स्वस्थ राख्न सकिदैन। त्यसैले आफ्नो जीवनशैलीलाई विशेष ध्यान दिनु पर्छ। धुमपान, मध्यपानबाट सकेसम्म टाढै रहनुपर्छ। – सविना खनालसँग गरिएको कुराकानीमा आधारित

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.