• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

कोरोनाविरुद्धको भ्याक्सिन बनाउन दैनिक २२ घण्टा खटिने वैज्ञानिक डा।केटलाई एक सेयर गरेर हौसला दिनुहोला

  •    हेल्लो टिभी नेपाल  /७ जेष्ठ २०७७, बुधबार १३:३२ ,  प्रकाशीत
  • अधिकाशं मानिसलाई थाहा छ । पर्याप्त आराम पाउन मानिसले दैनिक ८ घण्टा निदाउन जरुरी छ ।

    निन्द्राले मानिसको थकान, तनावका साथै नयाँ उर्जा समेत प्रदान गर्दछ । तसर्थ मानिस दैनिक ८ घण्टा सुत्न आवश्यक छ ।

    यदि निन्द्रा पर्याप्त भएन भने यसले शरीरमा थकावट, रोग तथा अन्य जोखिम ल्याउने गर्दछ । तर स्कटल्याण्डकि एक महिला भने विगत केहि साता यता दैनिक मात्र २ घण्टा सुत्दै आएकी छन् ।

    हो, स्कटल्याण्डकी डा। केट ब्रोडरिक नामकी महिना वैज्ञानिक कोरोना भाइरसबाट विश्वलाई बचाउन आफुलाई २२ घण्टा काममा ब्यस्त राख्दै दैनिक २ घण्टा मात्र सुत्ने गर्दछिन् ।

    उनको बाँकीको २२ घण्टा कोरोना भाइरसको भ्याक्सिन आविष्कार गर्ने कोशिसमा बित्ने गरेको छ ।

    अमेरिकाको यूनिवर्सिटी अफ कैलिफोर्नियामा कार्यरत ब्रोडरिकका साथमा एक रिसर्च टीम नै रहको छ । पछिल्ला २० बर्षमा ब्रोडरिकले खतरनाक बिरामीको भ्याक्सिन तयार पार्ने काममा खटिदै आएकी छन् ।

    दुई सन्तानकी आमा ब्रोडरिक अहिले परिवार भन्दा टाढा विश्व बचाउने प्रयासमा छिन् । ब्रोडरिकका अनुसार यो समय विश्वलाई कोरोनाबाट बचाउनु नै उनको मुख्य लक्ष्य हो ।

    आफ्नो पुरा उमेर मानिसलाई रोगबाट बचाउने काममा लगाएकोले अबका दिनमा पनि कोरोनाको भ्याक्सिन बनाएरै छाड्ने उनको उदेश्य छ । ब्रोडरीकले इबोला, जीका जस्ता खतरनाक रोगको भ्याक्सिन बनाउने काममा सफलता पाइसकेकी छन् ।

    चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ अधिकारीद्वारा कोरोना भाइरसको जेनेटिक कोड जारी गरिएको थियो ।

    कोड जारी भएको ३ घण्टा पछि डा। ब्राडरिकले एक भ्याक्सिन तयार पारेकी थिइन् । भ्याक्सिनको डिजाइन भोलिपल्टै फ्याक्ट्रिमा पठाइएको छ ।

    उनको भ्याक्सिन बनाउन विश्व धनाढ्य बिल गेट्स समर्थित एक संस्थाबाट वितिय सहयोग समेत प्राप्त भइसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.