हेल्लो टिभी नेपाल /७ जेष्ठ २०७७, बुधबार १३:५० , प्रकाशीत
गुल्मी, ७ जेठ– मृत्यु भएको भनिएका कोरोना भाइरस(कोभिड–१९) संक्रमित एक व्यक्ति जिवीतै रहेको भन्दै अस्पतालले विज्ञप्ति जारी गरेको छ ।
सामाजिक सञ्जालमा गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय शिक्षकको मृ त्यु भएको हल्ला चलेपछि बुटवलको मिसन अस्पतालले विज्ञप्ति जारी गरेर उनी जिवितै रहेको स्पष्ट गरेको हो । गत १ जेठमा टाउको दुखेको ताथ ज्वरो आएको भन्दै उपचारका लागि आएका ती शिक्षकाको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
‘जेठ १ गते यस अस्पतालमा गुल्मी जिल्ला मदाने गाउँपालिका वडा नम्वर–६ निवासी वर्ष ४१ का पुरुष एक हप्तादेखि ज्वरो तथा टाउको दुखाइको समस्या लिएर आउनुभएको थियो’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यस क्रममा वैशाख २ गते पीसीआर परीक्षणका लागि नमुना प्रादेशिक प्रयोगशालामा पठाईएको र त्यसको रिर्पोट जेठ ५ गते केभिड –१९ पोजिटिभ आएको र तत्पश्चात विभिन्न संचारमाध्याममा समाचार प्रशासरण हुनु स्वभाविक नै हो ।’
तर केही सामाजिक सञ्जाल र मिडियाहरुमा निज बिरामीको मृ’त्यु भयो भन्ने गलत, भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएको भन्दै विज्ञप्तिमा गलत समाचारको पछि नलाग्न आग्रह गरिएको छ । अस्पतालले संक्रमित शिक्षकको सघन कक्ष (आईसियु ) को भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको जनाएको छ