• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

नायीका मनिषाले नेपालको सीमाबारे बोल्दा भारतीय मिडियाले सामाजिक सञ्जालमा भारत छोड भन्दै खेदो खने

  •    हेल्लो टिभी नेपाल  /७ जेष्ठ २०७७, बुधबार १५:४७ ,  प्रकाशीत
  • काठमाडौं । कुनै समय भारतीय चलचित्रमा एकछत्र राज गरेकी नेपाली नायीका मनिषा कोइरालाका विरुद्ध अहिले सारा भारतीय मिडिया र भारतीय नागरिक सामाजिक सञ्जाल मार्फत खनिएका छन् । उनीहरुले नायीका मनिषलाई भारतको खादी लगाएर चीनको इशारामा भारत विरुद्ध अभिब्यक्ति दिएको आरोप लगाएका छन् । मनिषाले राष्ट्रको सिमानाका पक्षमा सरकारले गरेको निर्णयमा समर्थन जनाउँदा भारतीयको आँखाको तारो भएकी हुन् । उनले सामाजिक सञ्जा ट्वीटरमा गरेको रिट्वीटले भारतमा हंगामा मच्चाएको छ । मनिषाले परराष्ट्रमन्त्री प्रदिप गरेको ट्वीट गर्दा यस्तो आलोचना सहनु परेको हो भारतीय मिडियाले प्राथमिकताका साथ मनिषालाई आलोचना गरेका छन् ।

    प्रदीप ज्ञवालीले यस्तो ट्वीट गरेका छन्, ‘लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमि व्यवस्था मन्त्रालयले छिट्टै सार्वजनिक गर्दैछ ।’

    मन्त्री ज्ञवालीको यो ट्विटमा मनिषाले रिट्विट गर्दै उनले थप केही कुरा उल्लेख गरेकी छन् । मनिषाले लेखेकी छन् , ‘हाम्रो सानो राष्ट्रको मर्यादा राख्नुभएकोमा धन्यवाद १ हामी सबै तीन महान् राष्ट्रहरूबीच शान्तिपूर्ण र सम्मानजनक वार्तालापको प्रतिक्षा गर्दैछौं अब हात मिलाएर ।’

    उनले यति लेखेपछि भारत विरुद्ध मनिषा लागेको भन्दै भारतीय मिडियामा आलोचना गरिएको हो । उनको यो ट्वीट भाइरल बनाइएको छ भारतीय चर्चीत मिडियाले उनको सो ट्वीट सार्वजनिक गर्दै अपब्याख्या गरेका छन् । एबीपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भन्दै समाचार प्रसारण गरेको छ । उनलाई चीनको इशारामा मनिषाले यस्तो ट्वीट गरेको समेत दावी गरेको छ । उनलाई भारतले मनिषालाई नाम दिएको भएपनि नेपालको पक्षमा लागेको भन्दै विरोध जनाएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.