मनिषा कोइराला विरुद्ध भारतले लगायो गम्भिर आरोप ” भन्यो खान्छिन भारतको गीत गाउँछिन् चीनको “
तपाईको प्रतिक्रिया





काठमाडौं । नेपाली मूलकी बलिउड नायिका मनिषा कोइरालाले नेपाल सरकारले हालै अनुमोदन गरेको नयाँ नक्सकाका विषयमा सर्मथन गर्दै ट्वीट गरेपछि भारतमा उनको चर्को रुपमा आलोचना गरिएको छ ।
नेपाल सरकारले भारतीय अतिक्रमणमा परेका कालापानी, लिपुलेक र लिम्पियाधुरासमेत समेटिएको नयाँ नक्सा अनुमोदन गरे लगत्तै मनिषाले नेपाल सरकारको यो सुखद कदमको समर्थन गर्दै भनेकी छिन् ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ मनिषाले जब यो ट्वीट पोष्ट गरिन् त्यसपछि उनको यो ट्वीटको जवाफमा कमेन्टको वर्षा गर्दै भारतीयहरुले उनलाई गाली समेत गर्न भ्याएका छन् ।
एक प्रयोगकर्ताले भारतबाट आफ्नो पहिचान बनाउने तपाईं यस्तो मुद्दामा भारतको समर्थन गर्नुको साटो नेपालको अवैध मानचित्रको समर्थन गर्नु गलत भएको बताएका छन् । त्यस्तै मनिषा विरुद्ध कमेन्टको वर्षा गर्नेहरुमध्येका अर्का प्रयोगकर्ता लेख्छन् ‘ल हेर, खान्छे भारतको र गाइरहेकी छे भिन्न राग ।