बेलायतले बनाएको को’ रोनाको औषधीको पहिलो चरणको परीक्षण सफल (सक्दो सेयर गर्नुहोस)
तपाईको प्रतिक्रिया





एजेन्सी । विश्वभर महामारीको रुप लिइरहेको कोरोनाका विरुद्धमा वैज्ञानिकहरुले अहोरात्र खटेर खोप निर्माणमा काम गरिरहेका छन् । यसैबिच बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९को जोखिम रोक्नका लागि डिजाइन गरिएको खोपको उत्पादन सुरु गरेको दाबी गरेको छ ।
जसको पहिलो चरणको परीक्षणहरुमा सफल भएको बिबिसीले जनाएको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार उक्त कम्पनीले विश्वभर यो खोपको २ अर्ब डोज सप्लाई गर्ने तयारीका साथ काम भइरहेको छ । औषधी निर्माण कम्पनीका प्रमुख पास्कल सोरियटका अनुसार यसको निर्माणको काम तिब्रू गतिमा भइरहेको छ ।
बेलायतस्थित अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरु प्छिल्ला महिनादेखि खोप परीक्षणमा अहोरात्र खटिरहेका वैज्ञानिकहरुले जोखिम मोलेर काम गरिरहेका छन् ।यदि खोप प्रभावकारी साबित भएन भने ठूलो जोखिम हुनेछ ।त्यो बेला ठूलो आर्थिक मूल्य चुकाउनुपर्ने भएकाले निर्माता कम्पनीहरु सबैले आँट्न नसकिरहेको अवस्थामा बेलायतको औषधी निर्माता कम्पनी एस्ट्राजेनेकाले जोखिम नै मोलेर औषधी बनाइरहेको छ ।