• समाचार
    • राजनीति
    • अर्थ
    • मनोरन्जन
    • विचार
    • समाज
    • साहित
    • अन्तर्वार्ता
    • खेलकुद
    • रोचक
    • स्वास्थ्य
    • अन्तराष्ट्रिय
    • भिडियो

भगवान शिव बस्ने गुफा, एकपटक छिरेपछि फर्केर आउँदैनन् कोहीदेखेर नदेख्या जस्तो नगर्नुर्सहोला दर्शन गरि शेयर गर्नुहोहोस्

  •    हेल्लो टिभी नेपाल  /१ असार २०७७, सोमबार ११:०१ ,  प्रकाशीत
  • भगवान शिवले बनाएको एउटा अनौठो गुफा र त्यसबारे बारे कैयौ मान्यता प्रचलित छन् । भनिन्छ कि, जसले यो गुफाको सुरुङभित्र जाने कोसिस गर्यो त्यो व्यक्ति फर्केर आउन सकेको छैन । भारतको जम्मु कास्मिरबाट लगभग १४० किलोमिटरको दुरीमा अवस्थित उधमपुर क्षेत्रमा यो गुफा छ। शिवखोडि नामले परिचित यो गुफा भगवान शिवले नै बनाएको विश्वास गरिन्छ।यस गुफामा भगवान शिवको वास रहेको मान्यता रहिआएको छ। शिवखोडी पट्टीबाट छिर्दा यो सुरुङ अमरनाथ बर्फानी गएर टुङ्गिन्छ । प्रचलित मान्यता अनुसार द्वापरयुगमा साधुसन्त सुरुङ हुदै अमरनाथको यात्रा गर्दथे । तर कलीयुगमा जसले यो गुफा हुदै अगाडि जाने प्रयास गर्छ त्यो व्यक्ति फिर्ता हुन पाउदैन भनिन्छ ।

    हाल यो गुफा बन्द गरिएको छ । यस गुफाभित्र रहेको शिवलींग प्राकृतिक भएको जनविश्वास छ । तीन मिटर उचाइ रहेको यस गुफाको लम्वाइ २०० मिटर लामो छ । यस गुफाभित्र नन्दीको मुर्ती, पार्वतीको मुर्ती, नाग लगायतका कैयौ प्राकृतिक वस्तुहरु रहेका छन् ।मान्यता अनुसार गुफा स्वयम भगवान शिवले बनाएका हुन् । प्रचलित कथाअनुसार भस्मासुरले मन्त्र जपेर शिवलाई खुसी पारेका थिए । त्यसपछि भस्मासुरले शिवबाट यस्तो बर पाएका थिए कि, जसको शिरमाथी हात राख्यो त्यो खरानी हुन्थ्यो । यस्तो शक्ति प्राप्त भएपछि भस्मासुरले भगवान शिवलाई नै नाश गर्न चाहे ।

    यसपछि शिव र भस्मासुर विच भिषण युद्ध सुरु भयो । युद्धपछि भस्मासुरले हार खाएनन् र भगवान शिव त्यहाबाट निक्लेर अग्लो पहाड चढे । र एउटा गुफा बनाएर त्यहाँ लुकेर बसे । जुन हाल पनि शिवखोडि नामले प्रचलित छ ।मान्यताअनुसार भगवान शिवलाइ बचाउन भगवान विष्णुले एक सुन्दर स्त्रीको रुप लिएका थिए । र भस्मासुरलाई आकर्षित गरेका थिए । सुन्दर युवती देखेपछि भस्मासुर उतै आकर्षित भए र शिवले दिएको शक्ति त्यहि भुले । र आफ्नै शिरमाथी हात राखेर भस्म भए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित
    ताजा अपडेट
    बुढानीलकण्ठ–८ स्थित केदारनाथ हाइटमा सरसफाइ कार्यक्रम सम्पन्न
    रिमा सेवा समाजद्वारा सहयोगदातालाई सम्मान, ५० हजारभन्दा बढी सहयोग गर्नेको नाम सिलालेखमा
    ओम चाबहिल डेन्टल हस्पिटलद्वारा मनास्लु वर्ल्ड कलेजमा दन्त शिविर आयोजना हुँदै
    चिनको बेइजिङमा समाजसेबि कृष्ण घिमिरेलाई ‘स्वास्थ्य सेवा सम्मान’
    तीज म्युजिक अवार्डको पाँचौँ संस्करण सम्पन्न, भुवन के. पोखरेल सर्वोत्कृष्ट मोडल घोषित

    Hello Tv Nepal Pvt Ltd
    Anamnagar,Kathmandu

    फोन
    9860424917
    ई-मेल
    hellotvnepal1@gmmail.com

    संचालक
    मिलन खत्री

    सम्पादक
    अनिशा कार्की

    फोटो ग्राफर
    सुजन बस्नेत

    संवाददाता
    दिपेश जिरेल

    © 2019 Hello Tv Nepal | All rights Reserved.
     Website By :  nwTech.